September 20, 2024, 4:14 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

होटलको छतमा ठोक्किएर हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु

साउन २८, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ  । सोमबार बिहान केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको हो ।

हेलिकप्टरमा पाइलटमात्र सवार थिए र उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ। हेलिकप्टर दुर्घटना भएपछि होटलमा आगलागी भएको र करिब ४०० जना पाहुनालाई होटल बाहिर निकालिएको थियो ।

प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया