September 20, 2024, 2:41 am
» मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन

१७ महिना पछि छुटने भए आपका नेता मनिष सिसोदिया

साउन २५, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

नयाँदिल्ली, । भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप( का नेता मनीष सिसोदियालाई कथित दिल्ली एक्साइज नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार र मनी लान्ड्रिंग मुद्दामा जमानत दिएको छ।

गत अगस्ट ६ मा सर्वोच्च अदालतले मनिष सिसोदियाको जमानत याचिकामा आफ्नो फैसला सुरक्षित राखेको थियो । आज न्यायाधीश बीआर गवई र न्यायाधीश केवी विश्वनाथनको इजलासले उक्त फैसला सुनाएको हो ।

फैसला सुनाउँदै सर्वोच्च अदालतले मनिषलाई लामो समयदेखि जेलमा राखिएको जनाएको थियो । कुनै पनि सजाय बिना कसैलाई पनि लामो समय जेलमा राख्न सकिदैन ।

मनीषले तल्लो अदालत र त्यसपछि उच्च अदालत गएका थिए । त्यसपछि मात्रै सर्वोच्च अदालत आउनु पर्छ भनिएको थियो । उनले दुवै अदालतमा निवेदन दिएका थिए । त्यसपछि मनिषले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । पहिलो आदेश अनुसार ६ देखि ८ महिनाको म्याद सकिएको थियो ।

प्रतिक्रिया