December 23, 2024, 6:26 am
» एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस » चिकित्सकको ‘बलात्कार र हत्या’ को आरोप लागेका भारतीयद्वारा आफू निर्दोष रहेको अदालतसमक्ष बयान » तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

नेतृ हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै

साउन २४, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

नयाँदिल्ली, : बङ्गलादेशी प्रधान मन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका हसिनाका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् ।

आरक्षण आन्दोलनले राजनैतिक असन्तुष्टि निम्त्याइ हसिनालाई प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य पारेपछि शेख हसिना र शेख रेहाना (दिदीबहीनी) सहयोगीसहित भारत आएका छन् ।

हसिनाको दलका अधिकांश सदस्यहरू अब आफ्नो अर्को सुरक्षित गन्तव्यका लागि भारत छोड्ने तरखरमा रहेको स्रोत जनाएको छ ।

बङ्गलादेशको प्रतिष्ठित राजनीतिक परिवारका दुई बहिनीका सहयोगीको सङ्ख्या दुई अङ्कमा छ ।

उनीहरू भारत आउनुपूर्व भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अधिकारीहरूसँग निरन्तर सम्पर्कमा थिए । दिल्लीमा उहाँले नेतृ हसिनासहितको टोलीको व्यवस्थापन गर्नुभएको थियो ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको नव निर्वाचित अन्तरिम सरकारका सदस्यहरूले बिहिबार साँझ नै  शपथ ग्रहण गर्ने बङ्गलादेश सेना प्रमुख जनरल वाकर-उज–जमानलेलाई उदृत गर्दै डेली स्टारले जनाएको छ ।

अन्तरिम सरकारमा १५ जना सदस्य हुनसक्ने सङ्केत गर्दै जमानले  अब बङ्लादेशको स्थितिमा उल्लेखनीय सुधार हुँदै जाने र तीन–चार दिनभित्र सामान्य अवस्थामा फर्कने आशा व्यक्त गर्नुभयो ।

उहाँले विगतमा भएका अपराधमा संलग्न व्यक्तिहरूलाई नछोडी उनीहरूविरुद्ध कानुनी कारबाही गरिने बताएउनुभएको छ ।

प्रतिक्रिया