September 19, 2024, 4:10 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

स्पेन र फ्रान्स पेरिस ओलम्पिक फुटबलको फाइनलमा

साउन २२, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौँ । फ्रान्स र स्पेन जारी पेरिस ओलम्पिकको फुटबलको फाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न सेमिफाइनलको खेलमा फ्रान्सले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।  निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो ।  अतिरिक समयमा फ्रान्सले २ गोल गरेपछि ३-१ गोलले विजयी भएको थियो ।

त्यस्तै अर्को सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अब स्वर्ण पदकका लागि फ्रान्स र स्पेन अगस्त ९ मा खेल्ने छन् भने ८ अगस्तमा काश्य पदकका लागि मोरक्को र इजिप्ट खेल्ने छन् ।

प्रतिक्रिया