September 19, 2024, 4:33 pm
» ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

शेयर मुल्य कृतिम रुपमा बढाइयो, निगरानी होस् : सांसद अमरेशकुमार सिंह

साउन २१, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौँ । सांसद डा. अमरेशकुमार सिंहले शेयरको मुल्य कृतिम रुपमा बढाइएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मुल्य कृतिम रुपमा बढाइएको बताउदै आम जनतामाथि ठगी हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसद बैठकमा बिना आधारमा कम्पनीका शेयर मुल्य बढिरहेको उदाहरण दिदै आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्न माग गरेका छन् ।

उनले बुक भ्यालु सयभन्दा कम भएका कम्पनिको मुल्य अहिले तिन चार गुणासम्म बढेको बताउदै यसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया