February 26, 2025, 6:31 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

प्रतिनिधिसभाका सचिव अधिकारीद्वारा पाँच महिनामै राजीनामा

मंसिर ९, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं– प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले आइतबार राजीनामा दिएका छन् । नियुक्तिको ५ महिनामा नै उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

उनी नेपाल सरकारका पूर्वसचिवसमेत हुन् । उनलाई संसद् सचिवालयको भावी महासचिवका रुपमा हेरिएको थियो । अधिकारीले किन राजीनामा दिए भन्ने केही खुलाइएको छैन ।

उनलाई गत जेठ १८ गते प्रतिनिधि सभाको सचिवमा नियुक्त गरिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका थिए ।

पद्मप्रसाद पाण्डेय संघीय संसद्‍को महासचिव भएपछि रिक्त सचिव पदमा उनी नियुक्त भएका थिए । उनलाई तत्कालीन भागबन्डाका क्रममा कांग्रसको कोटाबाट सचिव बनाइएको थियो । वर्तमान महासचिव पाण्डेयलाई भने एमालेको जोडबलमा अघि बढाइएको थियो ।

प्रतिक्रिया