January 11, 2025, 12:48 pm
» बुटवलबाट पनि गोर्खा मिडियामा ११ करोड » राप्रपाको चियापनमा प्रधानमन्त्री ओली » रवि धरौटीमा रिहा भएका हुन्, अदालतले निर्दोष भनेको होइन : महत » आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा भित्र्याउन सहज : प्रधानमन्त्री » कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

जरिवाना नतिरेको भन्दै एमाले कार्यालय पुग्यो महानगरको टोली

मंसिर ९, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौं- यही शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै तोकिएको जरिवाना नतिरेपछि महानगरको टोली एमाले कार्यालयमै पुगेको छ ।

एमालेले शुक्रबार साँझ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक र पेटीमा जथाभावी फोहरमैला गरेर नउठाएको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गराउने निर्णय गरेको थियो ।

फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिमको जरिवाना नबुझाएपछि दोस्रो पत्र लिएर महानगरपालिकाका प्रतिनिधिहरू ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा पुगेका हुन् ।

‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु’, नगर प्रहरी निरीक्षक लीलाराजा गाछाले लेखेको पत्रमा भनिएको छ ।

प्रतिक्रिया