September 19, 2024, 9:39 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

हत्या गरेको अभियोगमा सुभास पक्राउ

साउन १८, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

मोरङ । उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने २१ वर्षीय कुशल दाहालको हत्या गरेको अभियोगमा सोही नगरपालिका-५ बस्ने सुभास तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सुभासले मंगलबार साँझ आफ्नै कोठामा लाठी, खुकुरी, चुप्पीले प्रहार गर्दा गम्भीर घाइते भएका कुशलको झापा विर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै वारदात पश्चात फरार रहेका सुभासलाई अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले सुन्दर हरैंचा नगरपालिका-४ बलियाबाट पक्राउ गरेको हो ।

उनी उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया