December 24, 2024, 5:33 am
» नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुन:स्थापना गर्न माग » चर्चामै सीमित हुन्छ कि त प्रधानमन्त्रीको भारत भ्रमण ! » रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी » सहकारी ठगी प्रकरण : छविको बयान आज सकिने, त्यसपछि रविको पालो » एकीकृत समाजवादी गण्डकी प्रदेशको अधिवेशन पोखरामा

भारतमा बाढीका कारण १३ जनाको मृत्यु

साउन १८, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

देहरादून,  भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार  बताएका छन् ।

अधिकारीहरूले देहरादून क्षेत्रमा बाढीमा फसेका सयौं तिर्थयात्रीहरूको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको बताएका छन् ।

अस्वभाकिक जलवायु परिवर्तनले मनसुनको समयमा विपद्का घटनाहरू बढाइरहेको विज्ञहरूले बताएका छन् ।

बाढीका कारण उत्तरी राज्य उत्तराखण्डमा समाचार तयार पार्दासम्म १३ जनाको मृत्यु भएको विपद् व्यवस्थापन अधिकारी विनोद कुमार सुमनले बताउनुभएको छ ।

हिन्दू धर्मावलम्बिहरुको लोकप्रिय तीर्थस्थल केदारनाथ मन्दिरमा यात्रा गर्ने क्रममा रहेका करिब ७०० जना तिर्थयात्रीहरू बाढीबाट प्रभावित भएपछि हेलिकप्टरबाट उद्धार गरिएको  स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रभावित तीर्थयात्रीहरूलाई सुरक्षित यात्रा गर्नका लागि हेलिकप्टरहरू प्रयोग गरिरहेको  सुमनले बताउनुभयो ।

प्रतिक्रिया