September 19, 2024, 4:37 pm
» श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

प्रिन्सको पेरिस ओलम्पिकमा लगातार तेस्रो हार

साउन १६, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं । जारी पेरिस ओलम्पिकमा नेपालका  ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले लगातार तेस्रो खेलमा हार बेहोरेका छन् ।

बुधबार पुरुष एकलतर्फ समूह ‘पी’को आफ्नो अन्तिम खेलमा प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २-० को सोझो सेटमा पराजित भएका हुन् । पहिलो सेटमा १२-२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा १०-२१ ले हार बेहोरेका थिए ।

यसअघि प्रिन्स पहिलो खेलमा डेनमार्कका भिक्टर एक्सल्सनसँग २-० को सोझो सेटमा र दोस्रो खेलमा आयरल्यान्डका हात गुएनसँग पनि २-० को सोझो सेटमा पराजित भएका थिए ।

प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा आफ्नो स्थान पक्का गरेका थिए।

पेरिस ओलम्पिकमा सहभागी टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह प्रतियोगीताबाट बाहिरिसकेका छन् ।

अब नेपालबाट एथलेट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धामात्र बाँकी छ । सन्तोषीले  म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । म्याराथन दौड अगस्त ११ मा हुने तालिका रहेको छ ।

प्रतिक्रिया