सरकारले खेलकुदलाई महत्व नदिदाँ खेलकुद क्षेत्र पछि परेको हो : एसियाली तेक्वान्दो महासंघ सदस्य भण्डारी

- April 15, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काडमाडौं । विगद ३१ वर्ष अगाडिदेखि सिन्धुपाल्चोकलाई खेलकुदको माध्यामबाट संसारभर चिनाउने हुटहुटी बोकेर खेलकुद क्षेत्रमा लागेका प्रेमबहादुर भण्डारी एसियाली तेक्वान्दो महासंघको युवा समितिको सदस्यमा नियुक्त भएका छन् । हालसम्म खेलक्षेत्रलाई नै स्वयसेवकका रुपमा विभिन्न स्थानमा खेल सिकाउदै आएका भण्डारीलाई युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिब टंकलाल घिसिङले नेपाल तेक्वान्दो संघको विशेष कार्यक्रममा सो समितिको सदस्यमा नियुक्त भएको प्रमाण पत्र प्रदान गरेका थिए ।

नेपालबाट प्रतिनिधित्व गर्दै सो महासंघको सदस्यमा नियुक्तभएपछि झन आफुलाई खेलकुदबाटै देश र आफ्नो जिल्ला चिनाउने अझी बढी अभिलासा जागृत भएको बताएका छन् । भण्डारी तेक्वान्दोका छैटौं डानका खेलाडी हुन भने उनी सफल प्रशिक्षक समेत हुन । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका—३ फुल्पीङकोटमा जन्मिएका भण्डारीले हाल सिन्धुपाल्चोकमा तेक्वान्दो खेलका हजारौं खेलाडीहरु उत्पादन गरिसकेका छन् ।

सिन्धु तेक्वान्दोका सान भण्डारी छैटौं डन ।

भण्डारीद्वारा उत्पादित खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएको प्रतियोगिताहरुमा सहभागिता जनाई जित हासिल गरि देशको झण्डा फहराइसकेका छन् । हालसम्म स्वयसेवककै रुपमा भण्डारीले आफ्नो गृहजिल्ला सिन्धुपाल्चोकलाई कर्मथलोको रुपमा लिई जिल्लाकै खेलकुदप्रति चाहना राख्ने हजारौं खलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेका छन् ।

भण्डारी आफू खेलाडी भएकोमा आफू सन्तुष्ट भए पनि राष्ट्रले खेलाडीलाई हेर्ने दृष्टिकोणले चाहिँ आफू साह्रै दुःखी भएको गुनासो भने गरेका छन् । उनले भने,‘हामी देश र जिल्लालाई चिनाउनु पर्छ खेलकुदको विकास गरेको खण्डमा देशको सवै क्षेत्र अनुसाशीत भएर अगाडी बढ्छ, तर यहाँ सरकारले न्यूनतम सेवा सुविधा समेत नदिएकाले नेपालको खेल क्षेत्र पछि परेको हो, जव सरकारले खेलकुद क्षेत्रलाई महत्वमा राख्दैनन तबसम्म खेल जगत कुहिरोमा हराएको काग झै बनी रहन्छ ।’

राष्ट्रले खेलाडीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआए खेलकुद क्षेत्र विकासमा नेपाल विश्वमा पुछारमा पर्ने निश्चित रहेको प्रशिक्षक भण्डारी बताउछन् । यसैकारण नेपालमा खेल क्षेत्रमा लागेर आफ्नो भविष्य नदेखेपछि राम्रा र सक्षम खेलाडीहरु विदेशीनु परेको तितो अनुभब समेत उनी बताउछन् ।

खेलकुद क्षेत्रलाई हेर्न गठन गरेको राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद क्षेत्रलाई पनि राजनीतिक दलको नियन्त्रण्मा भएकै कारण पनि खेलकुदमा विकास नभएको उनको भनाई रहेको छ तेक्वान्दो खेलकै शिलसिलामा भण्डारीले प्रशिक्षक र खेलाडीका रुपमा कोरिया, जापान, चीन, मलेसिया, थाइल्याण्ड, सिंगापुर, हङकङ, कम्बोडिया, दुबई, सार्क राष्ट्रलगायत थुप्रै राष्ट्रहरुमा गई आफ्नो खेल सेमत देखाइसकेका छन् । यस्ता खेलाडीहरुलाई राष्ट्रले हेर्ने दृष्टिकोण भने फरक रहेको भण्डारीको भनाई रहेको छ ।

भण्डारी हाल प्रशिक्षकका रुपमा मात्र नभई खेलाडीका रुपमा पनि परिचित छन् । भण्डारीले सन् २०१६ मा कोरियाको मुजु शहरमा भएको वल्र्ड पार्टनरसिप तेक्वान्दो प्रशिक्षणकालागि नेपाल तेक्वान्दो संघले तेक्वान्दो खेलप्रति उत्कृष्ट कार्य गरेवापत भण्डारीलाई प्रशिक्षणका लागि पठाएको थियो । त्यतिबेला उत्कृष्ठ प्रशिक्षण लिई समयमै नेपाल फर्किने खेलाडीको रुपमा भण्डारीको नाम आउने गरेको छ । २०१७ मा भुटानको थिम्पुमा भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली टिमको नेतृत्व गरी टिमलाई नै तेस्रो बताउन भण्डारीले टिम कोचको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

२०१७ मै कोरियाको मुजु शहरमा भएको ११ औं वल्र्ड तेक्वान्दो कल्चर एक्स्पो प्रतियोगितामा पुम्सेतर्फ दोस्रो र फाइटतर्फ दोस्रो भई नेपालको झण्डा फहराउन सफल भएको उनी बताउछन् । ११ औं वल्र्ड तेक्वान्दो कल्चर एक्स्पो प्रतियोगितामा सहभागिता जनाउन गएका नेपाली टिमको नेतृत्व गरेका भण्डारीले प्रतियोगिता हुनुभन्दा पाँच दिन अगाडि तेक्वान्दो सेमिनार, तेक्वान्दो डान्स, डेमोस्ट्रेसन, सेल्फ डिफेन्सका तालिमहरु पनि सहभागिता जनाएका थिए ।

गत वर्षको अन्त्यतिर प्रथम कागेश्वरी मनोहरा राष्ट्रिय खुल्ला तेक्वान्दो अनलाइन प्रतियोगितामा सहभागी भै १२ हजारभन्दा बढी भ्यु प्राप्त गरि पपुलर खेलाडीबाट सम्मानित भएको उनी बताउछन् । २०१७ मै कोरियाका आन्याङ शहरमा वल्र्ड तेक्वान्दो हान्मादाङ्गमा भण्डारीले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा विश्वका ८६ राष्ट्रले प्रतिनिधित्व जनाएको नेपालको तर्फबाट भण्डारीले पाँचौं स्थान ल्याउन सफल भएका थिए ।

२०१७ मै नेपाली टिमको नेतृत्व गरेर मकाउमा भएको मकाउ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका भण्डारीको टिमले दोस्रो स्थान ल्याउन सफल बनेको थियो । २०१७ मै कम्बोडियामा आयोजना भएको एशियन कुकिवन तेक्वान्दो हान्मादाङ्गमा भण्डारीले दोस्रो स्थान हासिल गरेका थिए ।

२०१८ मा भुटानका भएको तेस्रो अन्तर्राष्ट्रिय पुम्से प्रतियोगितामा व्यक्तिगततर्फ भण्डारी प्रथम स्थान ल्याउन सफल बनेका थिए । कोरियामै २०१८ मा भएको १२ औं वल्र्ड कल्चर एक्स्पो प्रतियोगितामा फाइट तर्फ प्रथम र पुम्सेतर्फ दोस्रो भई दोहोरो पदक ल्याउन सफल बनेका थिए । त्यस्तै, कोरियाको जेजु शहरमा भएको वल्र्ड तेक्वान्दो हान्मादाङ्गमा प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरी भण्डारीले सहभागिता जनाएका थिए । जापानको ओसाका सिटीमा भएको सातौ वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उत्कृष्ट सहभागिता जनाएका थिए ।

२०१९ मा भुटानमा भएको चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सिनियर पुम्सेतर्फ प्रथम स्थान हालिस गरेका थिए । फाइटतर्फ दोस्रो स्थान ल्याउन सफल भएका थिए । भारतको आसोन्सल शहरमा भएको प्रथम अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता र इन्डो नेपाल अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा वेस्ट कोचको रुपमा सम्मानित भएका थिए ।

यि खेदकुद प्रतियोगितामा अधिकाशं आफ्नै खर्चमा सहभागी भएको तीतो अनुभब समेत उनले सुनाए । खेलकुदकालागि सरकारी पक्षबाट सहयोग नगरेका कारण जुन रुपमा नेपालको तर्फबाट सहभागीता जनाएर उपाधी जित्नु पर्ने थियो त्यो भने गर्न नसकेकोमा दुःखी समेत भएको उनी बताउछन् । (तेक्वान्दाका छैटौं डान तथा प्रशिक्षक भण्डारीसंगको कुराकानीको आधारमा रोशन कार्कीले तयार परिएको)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!