सिन्धु तेक्वान्दोका सान भण्डारी छैटौं डन ।

- March 24, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

११चैत्र, काठमाडौँ । सिन्धुपाल्चोक तेकवान्दो संघका अध्यक्ष तथा तेकवान्दो  गुरु  प्रेम भण्डारी  छैटौं डन भएका छन् । तीन दशक  भन्दा लामो समय देखि तेकवान्दो  खेल क्षेत्रमा अहोरात्र खटि राष्ट्रिय  तथा अन्तरास्ट्रिय जगतमा आफ्नो छबि बनाईसकेका भण्डारीलाई नेपाल् तेकवान्दो संघको सातौ छैटौं डान दिक्षान्त समारोहले छैटौं डान घोषणा गरेको हो ।

नेपाल् तेकवान्दो संघको  सातौ बार्षिक कार्यक्रममा  समय पुगेका र योग्य खेलाडीहरुको ग्रेडिङमा  देशभरबाट १२ जनाको सहभागिता रहेको थियो । छैटौं डान पाउने नेपालमा  थोरै खेलाडी  मध्यमा भण्डारी पनि परेका छ । करिब ३१ बर्ष अगाडि देखि तेकवान्दो खेल शुरु गरेका भण्डारीले  बिगत  २४ बर्ष देखि   सिन्धुपाल्चोकमा सिकाइ  रहेका छन् ।

prem1.jpg

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा जिल्लाको माध्यमबाट सहभागी भइ पदक जित्दै जिल्ला र  देशको  गहना हुन सफल भएका छन् । भण्डारी ‘सिन्धुको सान, राष्ट्रको पहिचान’ भनरे पनि चिनिने गरेका छन्  ।सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा न २ मा जन्मेका भण्डारी  सिन्धुपाल्चोक तेकवान्दो संघका अध्यक्ष समेत  हुन । जिल्लालाई  कर्म  थलो बनाउदै आएका भण्डारीले तेकवान्दो खेल क्षेत्रमा अहोरात्र खटि राष्ट्रिय  तथा अन्तरास्ट्रिय स्थरमा गरेको योगदानको कदर गर्दै सय भन्दा बढी  कार्यक्रमा सम्मानित भण्डारीबाट आजको खेलाडीहरुले धेरै कुरा  सिक्न सक्ने छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट