कविता
ई. प्रमोद खतिवडा
🌺🌺🌺🌺
टुप्पोमा पुगेपछि;
धेरै कुरा सुन्दर देखिन्छ;
माञ्थि हाँसिरहेको हिमाल,
तञ्ल लहराईरहेका धानखेत,
धूवाँ उडिरहेका घरहरु,
प्रेमले निथ्रुक्क परेवा जोडी,
जन्मिदै उफ्रिन जान्ने बाच्छाहरु
पसिना बगाईरहेको किसान,
दिन दहाडै बलाकृत निर्मलाहरु
बोर्डरमा चेलीबेटीको अबोध भीड
धानखेतमा बाटैबाटा बिजुलीका पोलैपोल
थोरै माथि हरिया फाँट,
बाक्लो बनमा खेलिरहेका मृगहरु,
भत्किन लागेको घरमा टेको लगाउँदै काईला बा,
साहुको ऋण टाउकोमा बोकी–
आमाको हातको बिदेशिने टिको लगाउँदै धने,
आँशुमा सम्झना लुकाउँदै मनमाया,
बसाई सर्नेको बाक्लो हुल !
खाली बस्तीमा मसाने सन्नाटा !!
के कोर्ने कविता ?
किसानको कठोर परिश्रमको,
बर्षौं च्यात्तिएको मजेत्रोले जिवन धानेकी आमाको
श्रमजीविको पसिनाको
बिक्री हुने न्यायको
विकाशका आश्वासन मिसिएको भाषणको
जात, धर्म अनि सम्प्रदायमा हुने शोषणको
खाली खुट्टै खेलिरहेको बालकको
टुप्पोमा पुगेपछि–
दुःख पनि रोमाञ्चक बनेर,
पीर पनि मुस्कान बनेर,
अनि
पीडा पनि सहज बनेर,
सुर मिलाउन आउँछन् !
त्यसैले टुप्पोमा बसिरहन सकिन !!
यस बिषयमा तपाइको प्रतिक्रिया...!