“पाताल” उपन्यास लोकार्पित

- April 18, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ ।
साहित्यकार पदम विश्वकर्मा (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका अध्यक्ष)को दोस्रो उपन्यास “पाताल” हिजो सार्वजनिक भयो ।

सो उपन्यासको लोकार्पण प्रमुख आतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, माननीय सांसद् रणेन्द्र बराली, अनेसास बिओटी निवर्तमान अध्यक्ष गीता खत्री, अनेसास अध्यक्ष एवं  साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अनेसासका केन्द्रीय उपाध्यक्ष डा. रेणुका सोलु, प्राज्ञ बाबा बस्नेत, समालोचक महेश पौड्याल, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल लगायतले लोकार्पण गरेका थिए ।

लोकार्पित कृतिबारे समालोचक महेश पौड्याल र माननीय रणेन्द्र बरालीले बोलेका थिए ।

अनेसास नेपालले आयोजना गरेको सो कार्यक्रममा साहित्यकार पदम विश्वकर्माको सम्मान पनि गरिएको थियो ।

अनेसास नेपालका उपाध्यक्ष मन्जिला अनिकले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष राजेन्द्र केसीले गरेका थिए भने स्वागत अर्का उपाध्यक्ष निर्मलरमण पराजुलीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भूपाल राई, अतिथिहरु राधेश्याम लेकाली, गीता खत्री, प्राज्ञ बाबा बस्नेत, प्रतीक ढकाल, डा. रेणुका सोलु, लेखक पदम विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अनेसासका पूर्व सल्लाहकार राम खत्री, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यकारहरु डा. दामोदर पुडासैनी, युवराज नयाँघरे, खेमनाथ दाहाल, कृष्ण भूषाल, गोपाल पराजुली, विमल भौकाजी, प्रधुम्न जोशी, पदम सुन्दास, डी. आर., गीता कार्की, सन्ध्या पहाडी, रञ्जना निरौला, कमला रिसाल, उषा के. सी., जयराम तिमिल्सिना, रन्जु दाहाल, सुशीला खड्का, प्रमोद सारंग, गणेश जी. सी., ऋषभदेव घिमिरे, डा. बुनु दाहाल, रमेश दाहाल, मधु पाठक, सुष्मा आचार्य, हरिबोल ढकाल, इन्दिरा ढकाल,  ममता मृदुल, शान्ता शर्मा, भवानी खतिवडा, सुचित्रा काफ्ले तथा नवराज श्रेष्ठ (नायक), रमेश कोइराला (चलचित्र निर्देशक), श्रीमती कमला विश्वकर्मा लगायतको उपस्थित रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!