राजमार्गलाई सुधार्न १ अर्ब ३२ करोड बजेटको आवश्यक : ई. भण्डारी

- March 1, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पूर्वाधार विकास नै समृद्धिको आधार हो । पूर्वाधार विकासमा अहोरात्र सक्रिय सडक विभागका कर्मचारीको सक्रियताले नै विकास निर्माण काममा तीव्रता पाउने गरेको छ । यसैगरि पूर्वाधार विकासमा सक्रियमध्यका एक हुन् – ईन्जिनियर खुमबहादुर भण्डारी । ई. भण्डारी सडक विभाग अन्तर्गतको सडक डिभिजन सुर्खेत कार्यालय प्रमुखको पदमा कार्यरत छन् । प्रस्तुत छ – ई. भण्डारीसँग तीव्रखबर प्रतिनिधीले उक्त डिभिजनमा भई रहेका विकास निर्माण र अवस्थाका बारे गरेको छोटो कुराकानी अंश ।
– सुर्खेत डिभिजन कार्यालयबाट के कस्ता कामहरु भइरहेका छन ?
सडक डिभिजन सुर्खेतको मुख्य कार्य क्षेत्र सुर्खेत र दैलेख जिल्ला पर्दछन् । अहिले मुख्य त ५७० कि.मि. राष्ट्रिय राजमार्गमा १) सुर्खेत–महावैलेक सडक, २) वाङगय सिमलदेखि कालीकोट दईखोला (कर्णाली राजमार्ग) ३) रत्नमार्ग – छिन्चुदेखि हर्रे–वाङ्गय सिमल सडक ४) छिन्चुदेखि जाजरकोट सडक मर्मत संभार, खाल्डा पुर्ने काम भइरहेका छन् भने अरु स–साना सडकहरु पनि मर्मत संम्भार, खाल्डाखुल्डी पुर्ने काम भइरहेका छन् ।
– कर्णाली प्रदेश सरकार र डिभिजन समन्वय कस्तो छ ?
संघीय सडक डिभिजन र प्रदेश सरकारसँग समन्वय सहकार्य भइरहेको छ । स्थानिय सरकारसँग पनि राम्रो समन्वय भइरहेको छ । राजनीतिक पार्टी, नागरिक समाज र जनताहरुको राम्रो सहयोग र सहकार्य गरी काम भइरहेको छ ।
– कर्णाली राजमार्गको अवस्था बारे बताई दिनु हुन्छ की ?
कर्णाली राजमार्ग फराकिलो पार्ने काममा ६ मीटर बाटो परेको छ । अबको अवस्था १२ महिना चल्ने बनाउने कामतिर हामी लागेका छौं । वर्षायाममा पहिरो आएर यातायात अवरुद्ध हुने गरेका छन् । त्यसलाई रोक्ने सडक सुधार गर्नेतिर हाम्रो ध्यान गएको छ । त्यसलाई अझ विशेष नेपाल सरकारले प्राथमिकतामा राख्नु पर्यो त्यही अनुसार बजेटको व्यवस्था हुन पर्दछ । कर्णाली र जलस्रोत, जडिबुटी, पर्यटकिय, उच्च खाद्यान्न बाली उत्पादन हुने कर्णाली राजमार्गलाई विस्तार, सुधार गरी सिंगो देशलाई आत्मनिर्भर बनाउन सकिन्छ यो राज्यले उच्च प्राथमिकतामा राख्नु पर्दछ ।
– सुर्खेत कर्णाली प्रदेशको राजधानी भएको नाताले सडकलाई मर्मत संभारका लागि बजेटको अवस्था के छ ?
खासगरी संघीय सरकारले मर्मत–सम्भार, खाल्डा पुर्ने र ४ वटा राष्ट्रिय राजमार्गलाई सुधार्न लगभग एक अर्ब ३२ करोड बजेटको आवश्यक्ता पर्दछ । त्यसमा संघीय सरकारले त्यो बजेट विनियोजन गरेमा सुर्खेत डिभिजन अन्तर्गतका सबै सडकहरु निर्माण भई त्यहाँका जनताको विकास र उन्नतीमा टेवा पुग्ने छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!