गीतलाई भाइरल बनाउन प्रकाश सपुत विवादमा

- December 5, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रत्यक पटक निर्माण गरिएको गीतको दृष्यमा विवादीत काम गरेर गीतलाई भाइरल बनाउने रणनीतिमा प्रकाश सपुत लागि रहने गरेको पाइएको छ । उनका हरेक गीत चर्चासंगै विवादबाट छुटकारा पनि पाउन सकेको छैन । प्राय सबै विवादमा मुछिदै आएका छन् । दोहोरी ब्याटल मार्फत नेपाली गायनमा छिरेका प्रकाश अहिले फेरि अर्को विवादमा तानिएका छन् ।

एक म्युजिक भिडियो छायाङ्कनको क्रममा काठमाडौँको वसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचेको दृश्यले उनी अहिले विवादमा तानिएका हुन । उनले जुना विश्वकर्मासँग इनारमाथि नाचेको भिडियोलाई लिएर सामाजिक प्रयोगकर्ताले उनको आलोचना गरिरहेका छन् । जीवित देवीको रुपमा पुजीदै आएको कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको ठहर समेत गरिएको छ ।

भिडियो क्लिप करिब चार महिनाअघि ‘कमाउने नि हो, रमाउने नि हो’ भन्ने बोलको गीतको सुटिङ हो । यो गीतको पूरा भिडियो छायाङ्कन हनुमान ढोका दरबार परिसरमा भएको थियो । अहिले सुटिङको भिडियो क्लिप बाहिरिएपछि उनको आलोचना भएको हो । गीतमा भने इनारमाथि नाचेको प्रस्ट देखिएको छैन ।

उक्त इनार कुमारी घरका चिताइदार गौतम शाक्यका अनुसार ९० साल अघिसम्म कुमारीको नित्य पूजा आदिको लागि सोही इनारबाट पानी लिने गरिन्थ्यो भने अहिले भित्रै धारा जडान भएपछि धारामै चोखो पानी लिने गरिएको छ । अहिले पनि धारामा पानी नआउँदा सोही इनारमा चोखो पानी लिने गरिएको छ ।

त्यो इनार लगायत अहिले स्कूलको भवन रहेको भागसम्म पनि कुमारी घर भित्रै थियो । त्यो भागलाई अहिले पनि कुमारी चोक नै भन्ने गरिन्छ । वर्षको दुई पटक कुमारीको वर्षवर्धन पूजा गरिँदा सो इनारमा पनि पनि पूजा गर्नुपर्ने परम्परा आजसम्म पनि निरन्तर रहेको शाक्यले बताए । यस किसिमको ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्वको इनारमा प्रकाश सपुतले मात्र चढेर नाचेका छैनन् ।

साँझतिर हेर्न गएमा त्यहि इनारमा बसेर चुरोट तान्ने, चिया पिउनेको भीड नै हुन्छ । यति मात्र होइन, राजनीतिक कार्यक्रम, सभाहरु हुँदा सोही इनारलाई स्टेज बनाएर माथि चढिन्छ र भाषण ठोकिन्छ । विवादमा आएसंगै सो मंसीर १८ सोमबार मात्र इनार वरिपरि गमला राखिएको छ । तर यो पनि दीर्घकालीन समाधान भने होइन ।

इनार लगायत वसन्तपुर दरवारका अन्य क्षेत्र र गमलाको पनि सुरक्षाको लागि गुल्मका सेनाले सक्दो सहयोग पु¥याउने गुल्मपति प्रजापतिले बताए । दीगो सुरक्षाका सम्वन्धमा कुमारी घरका चिताइदार गौतम शाक्यसँग छलफल भएको प्रजापतिले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!