September 20, 2024, 4:34 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

केरलामा पहिरोले ४ गाउँ तहसनहस : ४१ जनाको मृत्यु, ४ सयभन्दा बढी मानिस बेपत्ता

साउन १५, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

नयाँ दिल्ली : भारतको केरला राज्यको वायनाड जिल्लामा भारी वर्षापछि गएको पहिरोमा परेर हालसम्म ४१ जनाको मृत्यु भएको छ। पहिरोमा ४०० मानिस बेपत्ता भएका रिपोर्ट गरिएको समाचार भारतीय सञ्चारमाध्यममा रहेको छ ।

वायनाडमा भारी वर्षाका कारण सोमबार राति नै ४ ठाउँमा पहिरो खसेको हो । यी पहिरोबाट ४ वटा गाउँ डुबानमा परेका छन् ।  सो क्षेत्रका घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन् । हालसम्म ७० जना अस्पतालमा उपचाररत रहेको जनाइएको छ।

उद्धारका लागि एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा सक्रिय छन्। कन्नूरबाट २२५ सेनाका जवानहरूलाई वायनाड पठाइएको जनाइएको छ। यसमा मेडिकल टिम पनि सामेल छ । यसका साथै वायुसेनाका दुई हेलिकप्टर पनि उद्धार कार्यमा जुटेको दैनिक भास्करमा उल्लेख छ।

वायनाडका ४ वटा गाउँ मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझामा पहिरो गएको हो । पाँच वर्षअघि २०१९ मा सोही गाउँमा पहिरोमा परेर १७ जनाको ज्यान गएको थियो । सो समयमा पहिरोमा परेर हराएका ५ जना अहिलेसम्म फेला परेका छैनन् ।

भीषण वर्षाका क्रममा बिहान करिब १ बजे मुण्डक्काई टाउनमा पहिलो पहिरो गएको हो । मुण्डक्काईमा उद्धार कार्य जारी नै रहँदा बिहान ४ बजे चुरलमालास्थित विद्यालय नजिकै दोस्रो पहिरो खसेको एबीपी समाचारमा उल्लेख छ ।

पहिरोका कारण शिविरका रुपमा सञ्चालित विद्यालय र आसपासका घर र पसलमा पानी र हिलो भरिएको छ । अहिले उद्धार कार्य जारी छ ।

प्रतिक्रिया