सिन्धुपाल्चोक काँग्रेसमा मोहनकै कारण चर्कियो बिवाद : बस्नेत पक्षधर र विरोधी बीच जुहारी

- September 19, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बाह्रबिसे (सिन्धुपाल्चोक) । आफ्नो क्षेत्रबाट पराजीत हुने पक्कापक्कि भएपछि एकाएक अर्को क्षेत्र प्रबेश गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी, माओबादी केन्द्र र काँग्रेसको भोटबाट विजय भएका मोहनबहादुर बस्नेतकै कारण अहिले सिन्धु काँग्रेसभित्र चर्को विवाद भएको छ । जेठी सासुको आर्शिबाद लिई काग्रेसका सभापति शेरबहादुर देउवाले कोटको खल्तीबाट जबरजस्ती मन्त्री बनाएका स्वास्थ्यमन्त्री बस्नेत पक्षधर र फरक खेमाबीच भएको जुहारी अहिले सतहमा आएको छ ।

मेलम्ची पुल उद्घाटन देखि सतहमा देखिएको विवाद तिज कार्यक्रमसम्म छताछुल्ल रुपमा बाहिर आएको छ । बाह्रबिसे नगरपालिकाले गत शनिबार बाह्रबिसेमा आयोजना गरेको तीज विशेष कार्यक्रममा स्थानीयले नेपाली काँग्रेसकी सांसद आरजु राणा देउवालाई बहिस्कार गर्दै पर्चा समेत भित्तामा टाँसे ।

नगरपालिकाले आयोजना गरेको कार्यंक्रममा संसदिय समिति कृषि, सहकारी तथा प्राकृतिक स्रोतकी सभापति समेत रहेकी आरजु राणा देउवालाई स्थानीयले बहिस्कार गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि भनिएपनि स्थानियले बहिस्कार गरेको थाहापाएपछि आरजु राणा देउवा कार्यक्रममा उपस्थित भइनन् । कार्यक्रममा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहदुर बस्नेत बिशिस्ट अथितीका रुपमा सहभागी भएका थिए ।

कार्यक्रमको बिहानै देखि आरजु राणालाई नक्कली भुटानी शरणार्थी प्रकरणको मतियार, सांसदको टिकट र मन्त्री पद पैसामा बेच्ने दलाल भ्रष्टाचारी भन्दै बजारको विभिन्न ठाउँहरुमा पर्चा पम्प्लेट गरि बहिष्कार गरिएको थियो । बस्नेतको आफ्नै पालिकामा यसरी अथितीको अपमान हुनुमा बस्नेत बारम्बार मन्त्री भएर केही नगरेको तथा पैसाको आडमा सांसदको टिकट ल्याएको र पैसाकै भरमा मन्त्री बनेको भन्दै स्थानीयहरुले आलोचना गरेका थिए ।

अधिकांश नगरबासीहरुले नगरपालिकाको ठूलो बजेट खर्च गरेर तीज कार्याक्रम गर्नु भन्दा बरु यही रकमले महिलाहरुको सीप बिकास समृद्धि लागि लगानी गर्नुपर्ने बताएका थिए । आफ्नो नेतालाई खुसी पार्न मन्त्री बस्नेतले बाह्रबिसे नगरपालिको ढुकुटी रित्याएको भन्दै स्थानियले असन्तुष्टि व्यक्त समेत गरेका छ्न् ।

पार्टीभित्रकै स्रोतका अनुसार नेपाल महिला सँघ सिन्धुपाल्चोकद्वारा गत २२ गते काँग्रेसका महामन्त्री गगन थापालाई प्रमुख अथितीमा आमन्त्रण गरि बाह्रबिसेमा तीज विशेष कार्यक्रमा आयोजना गरेका थिए । त्यतिबेला गगनलाई बोलाईएको भन्दै मोहन पक्षधरले बहिस्कार मात्र गरेनन् । कार्यक्रम स्थलमा डोजर, थोत्रा गाडी र एम्बुलेन्सको टाएर नै फुकालेर अवरोध पु¥याइएको मोहन ईतरका कार्यकर्ता बताउँछन् ।

मन्त्री बस्नेतकै निर्देशनमा माहामन्त्री गगन थापाप्रति त्यस्तो व्यवहार गरिएको भन्दै कांग्रेसभित्रै चर्को विरोध भएको थियो । कार्यक्रम लगत्तै भोलीपल्ट संसदमै गगन थापाले मन्त्री बस्नेतको चर्को आलोचना गरेका थिए । त्यस्तै ३ महिना अघि मेलम्चीमा बेलिब्रिज उदघाटन गर्न पुगेका मन्त्री बस्नेत सहभागी कार्यक्रममा ३ स्थानीय सरकारका प्रतिनिधिहरू उपस्थित नै भएनन् ।

बेलिब्रिज उदघाटनमा स्थानीय सरकारलाई उपेक्षा गरिएको भन्दै तीनै पालिकाका जनप्रतिनिधिहरूले कार्यक्रमको बहिस्कार गरेका थिए । स्थानीय सरकारको क्षेत्राधिकारमा बनेका संरचनाहरू निर्माण सम्पन्न भएपछि स्थानीय तहलाई जिम्मा लगाउनुपर्नेमा त्यसो नगरिएको भन्दै बहिस्कार गरेका थिए । मन्त्री बस्नेतको फरक व्यवहारका कारण पार्टी भित्रकै कार्यकर्तामा व्यापक असन्तुष्टी सतहमा आउने गरेको कांग्रेसकै एक कार्यकर्ताले सिन्धुज्वालालाई बताए । (सिन्धुज्वालाबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!