September 19, 2024, 4:16 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

पेरिस ओलम्पिक: ३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शिर्ष स्थानमा

साउन १५, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् ।

जसमा जापान ६ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शिर्ष स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ काश्य पदक सहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी चीनले ५ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ भने अस्ट्रेलियाले ५ स्वर्णसहित ४ रजत पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र १ काश्य पदक जितेको छ भने अमेरिकाले ३ स्वर्ण ८ रजत र ९ काश्य पदक जितेको छ ।

त्यस्तै ग्रेट ब्रिटेनले २ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेको छ भने   इटालीले २ स्वर्ण, ३ रजत र ३ काश्य पदक जितेको छ । त्यस्तै क्यानडा, हङकङ र जर्मनीले पनि २-२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, स्विडेन, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, इजिप्ट, स्पेन, हंगेरी, भारत, मोलडोभा, मेक्सिको, स्वीजरल्याण्ड, स्लोभाकिया, टर्की, युक्रेन, आयरल्याण्डले ओलाप्म्पिक पदक जितेका छन् ।

प्रतिक्रिया