नक्कली शैक्षिक प्रमाणपत्र – धमाधम डाक्टर पक्राउ

- August 11, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा धमाधम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले डक्टरहरू पक्राउ गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मालाई बिहीबार पक्राउ गरेको सीआईबीले मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पनि गिरफ्तार गरेको छ । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको हो ।
बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा मोरङ–३ बाट निर्वाचित सांसद शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत अमित चौधरीका साथै रामबाबु यादव र एरिना शाह पन पक्राउ परेका छन् । ब्युरोको अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशानामा छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!