September 19, 2024, 10:01 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

मृत्युमा पनि विभेद हुँदो रहेछ : रास्वपा सांसद नेपाली

साउन १४, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले नेपालमा हवाइ र सडक दुर्घटनामा मृत्यु हुने नागरिकबीच विभेद भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले सडक र हवाइ यात्रा दुबै असुरक्षित रहेको टिप्पणी गरे । ‘उड्नेबाट यात्रा गरे लास नै नचिनिने र गुड्नेबाट यात्रा गरे लास नै नभेटिने । कति असुरक्षित छ यात्रा हाम्रो देशमा’, उनले भने ।

गत बुधबार त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

त्यसअघि चितवनको सिमतालमा पहिरोसँगै दुई वटा बस त्रिशुलीमा खस्दा ६५ जना बेपत्ता भएका थिए ।

सरकारले जहाज दुर्घटनापछि राष्ट्रिय शोक घोषणा गर्ने लगायतका कार्य गरेको तर, त्रिशुलीमा ६५ जना वेपत्ता हुँदा त्यस्तो केही नगरेको भन्दै रास्वपाका सांसद नेपालीले मृत्युमा पनि विभेद हुने गरेको बताए ।

‘मृत्युले विभेद देखेको दिन, अब उप्रान्त यस्तो दिन नआओस्’, सांसद नेपालीले भने ।

प्रतिक्रिया