व्यापारको माध्यमबाट नेपाल–इटालीको सम्बन्धमा अझ प्रगाढ बनाउनु पर्छ : राजदुत लुका

- June 6, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रीले ‘जुन ५’ तारिखलाई द्विपक्षीयव्यापार बैठक– एनआईसीसीआई दिवस २०२३ को घोषणा गरेको छ । सोही अवसरमा न्यूजलेटर समेत अनावरण गरेको बताइएको छ । नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एनआईसीसीआईले प्रतिबद्धता जनाएको छ ।

सो सकार्यक्रममा इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिँदै यस अवसरको महत्वलाई अझ प्रगाढ बनाएको बताएका छन् । राजदूत लुकाले नेपाल इटालीको भावी योजना साथै पर्यटन, आयात निर्यात, तथा उद्योगलाई कसरी अझ व्यवस्थित ढंगले अगाडी बढाउने र नेपाली कफी, नेपाली हस्तकलाका सामग्रीहरु आदिलाई इटालीमा बजारमा प्रवद्र्धन गर्नेबारेमा समेत विशेष योजना बनाउन आग्रह गरे ।

उनले इटालीमा आप्रवासी नेपालीको समाजलाई उजागर गर्दै व्यवसाय र उद्योगलाई प्रवद्र्धन गर्ने कुरालाई जोड दिँदै नेपाल–इटालीको सम्बन्धलाई अझ बलियो बनाउने बताए । एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालले ‘एनआईसीसीआई दिवस २०२३’ ले चेम्बरको स्थापनादेखि हालसम्म गरेको उल्लेखनीय यात्रालाई चिन्तन गर्ने अवसर प्रदान गरेको बताए ।

इटालीका लागि नेपालका महावाणिज्यदुत श्रीमती प्रतिमा राणा पाण्डे, नेपाल इटाली चेम्बर अफ कमर्शका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठले भविष्यका भावी योजनाहरुलाई इंगित गर्दै सो कार्यक्रम पनि सफलताका साथ सम्पन्न गर्न सवै पक्षलाई आग्रह गरे । नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इन्डष्ट्रीको नेपालमा स्थापित कम्पनी तथा उद्यमीहरूको संस्थाको रुपमा रहको छ । सन् २०१४ एनआईसीसिआई इटाली र नेपालबीच व्यापारिक सम्बन्धको प्रवद्र्धन र विकास गर्न समर्पित हुदै सो संस्था स्थापना गरिएको बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!