नागरिकता विधेयक प्रमाणीकरणको प्रतिपक्षी तीन दलको विरोध (प्रत्यक्ष प्रशारण)

- June 4, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेकपा एमाले सहितका प्रतिपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन्। आइतबार संसदको बैठक सुरु भए लगतै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरु उठेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए । यो विधेयकलाई फेरि निश्क्रिय राखेर संसदमा नयाँ विधेयक ल्याउनुपर्ने उनको माग छ ।

विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!