अर्थमन्त्री डा. महतद्वारा आर्थिक वर्ष २०८०।२०८१ को बजेट सार्वजनिक (प्रत्यक्ष प्रशारण)

- May 29, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आर्थिक वर्ष २०८०।२०८१ का लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री डा. महतले संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन ।

यसैबीच, सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।

उनले भन्सार राजस्व र रेमिटेन्समा निर्भर रहेको अर्थतन्त्रलाई पुनर्संरचना गर्ने कार्यक्रमहरु प्रस्तुत गर्ने छन्। त्यसमा वैदेशिक लगानीलाई प्रोत्साहित गर्दै लगानी सीमा पुनरावलोकन गरिने बताएका छन्। चालु वर्षको बजेट अवास्तविक र भीमकाय छ। यसलाई व्यापक कटौती गर्न नसकिए पनि केही कम गर्न लागिएको हो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!