मिटरब्याजीविरुद्ध पाँच दर्जन उजुरी : कारबाही नहुने आशंकामा पीडित

- May 28, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अस्थिर सरकार र बढ्दो बेरोजगारीको मौका उठाउदै शहरदेखि गाँउँसम्म अबैध सञ्जाल फैलाउन सफल भएको धन्दा हो चक्रिय व्याज अर्थात मिटर व्याजी धन्दा । सो अबैध धन्दाकै कारण अहिले हजारौ व्यक्ती बेघर भएका छनु भने अधिकाशंले आत्महत्या समेत गर्न बाध्य भएका समाचार प्राप्त भएका छन् ।

विद्यमान ऐनलाई लत्याउदै गरिव जनताको फाईदा उठाउदै चक्रीय व्याजमा पैसाको कारोबार गर्ने समुहमाथी सरकारले नियन्त्रण गर्न नसक्दा त्यसको मार उपभोक्ता र सरकार समेतले भोग्नु परेको छ । सो अबैधधन्दाको विरुद्धमा पीडितहरु सडक आन्दोलनमा उत्रेपछि सरकारले पीडितलाई मिटरव्याजीका विरुद्धमा उजुरी दिन आग्रह गरेसंगै उजुरी पर्ने क्रममा पनि तीव्रता आएको छ ।

यसैक्रममा सरकारी निकायमा कारबाहीकालागि उजुरी परेपनि कारबाही नहुने हो की भन्ने शंक्कामा पीडितहरु परेका छन । विभिन्न घटनाक्रमका नजीरका कारण पनि मिटर व्याजीमाथी कारबाही नगरि उन्मुक्ती दिने तयारी भने भित्रभित्रै भै रहेको आरोप समेत पीडितहरुले लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा मिटरब्याज विरुद्ध ६० वटा उजुरी परेको जनाइएको छ । सरकारले वैशाख १६ गतेदेखि मिटरब्याज विरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरब्याज पीडितले उजुरी दिएका छन् ।

प्रशासन कार्यालय मकवानपुरका अनुसार मकवानपुर जिल्लाअन्तर्गत हेटौँडा उपमहानगरपालिका पीडितबाट २६, मकवानपुरगढी गाउँपालिकाका पीडितबाट ६, भीमफेदीका पीडितबाट १२, कैलाश गाउँपालिकाका पीडितबाट तीन, इन्द्रसरोवर गाउँपालिकाका पीडितबाट तीन एवं मकवानपुर जिल्लासँग सम्बन्धित रहेको मुद्दा काठमाडौँका दुई र ललितपुरका एक जनाको उजुरी परेको उल्लेख गरिएको छ । मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेपनि कारबाही नहुने होकी भन्दै सरकारी कर्मचारीमाथी नै पीडितहरुले शंक्का गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!