सिन्धु हेलम्बु यातायातद्वारा यात्रु ठगी गरेको ठहर : प्रशासनबाट कारबाही नगरि दिइयो उन्मुक्ती

- April 18, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चौतारा । सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिमी भेगमा सञ्चालन हुदै आएको सिन्धु हेलम्बु यातायात नामक कम्पनीले बस भाडादरमा यात्रु ठगी गरेको पुष्टी भएपनि सरकारको सम्बन्धित निकायले कारबाही नगरि उन्मुक्ती दिएको छ । यातायात व्यवस्था विभागले तय गरेको भाडादरलाई कार्यान्वयन नगरि सो समितिले आफुखुशी निर्धारण गरेको भाडादर लागू गरी यात्रुसंग अत्याधिक मंहगो भाडा असुली गरि ठगी गर्दै आएको छ ।

सो सम्बन्धमा पटकपटक सरकारी निकाय र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक चौतारामा जनगुनासो गरेको भएपनि तत्काल कुनै चासो दिएको थिएन । यात्रु ठगीमा बृद्धि हुदै गएपछि र यात्रुहरुको चर्को दवावपछि भने प्रशासनले चासो देखाएर गरेको छलफलबाट सो बस समितिबाट ठगी हुदै आएको पुष्टी भएको थियो ।

र यो पनि…

आमा याङ्ग्री र सिन्धु हेलम्बु यातायातको ठगी : सुपरको नाममा तेब्बर भाडा असुली

हेलम्बु यातायातको सुपर एक्सप्रेसको नाममा यात्रु ठगी

जिल्ला प्रशासनले सोमबार यातायात प्रालिका पदाधिकारी, उपभोक्ता, स्थानीय सरकारको प्रतिनिधि, र सरोकारवालाहरूको संयुक्त भेला गराई मापदण्डविपरीत भाडा असुली गरेको पाइएमा कारबाही गर्ने चेतावनीमात्र दिएर उन्मुक्ती दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको संयोजकत्वमा बसेको सर्वपक्षीय भेलाले हेलम्बु यातायात प्रालिले समस्याको समाधान गर्ने र त्यसको नियमन तथा कारबाहीका लागि सम्बन्धित ट्राफिक प्रहरीले गर्ने निर्णय गर्दै ठगी गर्ने समितिलाई उन्मुक्ति दिएसंगै यात्रुसंग बढी भाडा असुली कार्यभने रोकिएको छैन ।

काठमाडौँदेखि मेलम्ची, हेलम्बु क्षेत्रलगायतको सिन्धुपाल्चोकको उत्तरी पश्चिमी भेगमा सञ्चालित यातायात कम्पनीले एक साताभित्र सार्वजनिक स्थलमा भाडादरको बोर्ड बनाई टाँस गर्ने, अनिवार्यरूपमा सबै सवारी साधनभित्र यात्रुले देखिने गरी भाडादर टाँस गर्नु गराउनु भन्दै प्रशासनले कारबाही नगरि जोगाएको आरोप यात्रुहरुको रहेको छ ।

कोष नियन्त्रक शम्भुप्रसाद पोखरेल, प्रहरी निरीक्षक सञ्जीवकुमार यादव, ट्राफिक प्रहरी पोष्ट मेलम्चीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद ओली, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष जीवन श्रेष्ठ, रेडक्रस मन्त्री कमलचरण कक्षपति, उपभोक्ता हित संरक्षण मञ्चका संसार श्रेष्ठ, सिन्धु हेलम्बु यातायात प्रालिका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक कुमार श्रेष्ठ, आमा याङ्ग्रीका सचिव सुरेश श्रेष्ठ, हेलम्बु गाउँपालिका–२ का वडाध्यक्ष पेम्बा लामालगायतको उपस्थितिमा सो निर्णय भएको हो ।

यात्रुबाहक गाडीले सामान ढुवानी गरेका पाइएमा कारबाही गर्ने र सहचालकलाई यात्रुहरूसँग मित्रवत् व्यवहार गर्न अभिमुखी कार्यक्रम र परिचयपत्रको समेत व्यवस्था कम्पनीले मिलाउनुपर्ने निर्णय गरेको छ । सुपर एक्सप्रेस मापदण्डका आधारमा सञ्चालन गर्न र मापदण्डविपरीत बढी भाडा असुल गरेको पाइएमा कारबाही हुनुका साथै प्रालि र स्थानीय सरकारको समन्वयमा बस स्टेशन, बस स्टप र यात्रु प्रतीक्षालय निर्माण गर्नेलगायतको निर्णय गरेको छ ।

राजधानी काठमाडौंबाट सिन्धुपाल्चोकको पश्चिमी क्षेत्र र काभ्रेका केही स्थानमा यातायात सेवा सञ्चालन गर्दै आएको सिन्धु हेलम्बु यातायात प्रालिको ठगी गर्दै आएको खुलासा भएपनि खासै कारबाही भने गर्नबाट सम्बन्धित निकाय पछि हट्दै आएको छ । यातायात प्रालिले काठमाडौंको नारायणटार र चुच्चेपाटीबाट दैनिक बस सञ्चालन गर्दै आएको सो समितिले हरेक बसबाट अनेक नाममा शुल्क उठाउने र त्यो रकम पारदर्शी ढंगले खर्च नगर्ने गरेको खुलासा भएको छ ।

आमा ह्योल्मो यातायातसँग मिलेर संयुक्त रुपमा बस चलाउने भएपछि एकाधिकार कायम गर्दै व्यवसायी तथा यात्रुसँग मनलाग्दी ठगी गर्दै आएका छन् । सो समितिबाट छुटेका सवारी सधानमा यात्रा गरेमा अत्याधिक भाडा असुली गरिदै आएको छ । मेलम्चीबाट पाल्चोक मन्दिरको दुरी १५ किलोमिटर रहेको छ ।

भाडा दर

सो दुरीमा यात्रुसंग १ सय ८० रुपैयाँ असुली गरिदै आएको छ । भने कुनै कुनैले २ सय रुपैयाँ समेत असुली गरेको भेटिएको छ । लोकलभन्दा २५ प्रतिशतसम्म बढी भाडा उठाउन पाउने सुपर नाममा चल्ने बसले मनलाग्दीरुपमा रोक्ने, ढिला पु¥याउने तथा अनावश्यक दुःख दिने समेत गरेको गुनासो पीडित यात्रुहरुले गरेका छन् । यसरी मनलाग्दी भाडा असुली गर्दै आएको समितिको कार्यालयमा भने फोन रिसिभ समेत हुने गरेको छैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!