कैलाश हेलिकोप्टर कम्पनीले नयाँ हेलिकोप्टर ल्याउदै

- March 24, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। कैलाश हेलिकोप्टरले एक हेलिकप्टर थप्ने जनाएको छ । कैलाशको छैटौं वर्षमा प्रवेश गरेको अबसरमा सो कुराको जानकारी गराएको छ र । हाल तीनवटा हेलिकोप्टरमार्फत व्यवसायिक उडान सेवा दिँदै आएको कम्पनीले आउँदो दुई वर्षमा थप एउटा हेलिकोप्टर विस्तार गर्ने योजना रहेको संचालक प्रतापजंग पाण्डेले बताएका छन् ।

छैटौं वर्षमा प्रवेश गरेको अबसरमा पाँच वर्षमा पाँचवटा हेलिकोप्टर संख्या विस्तारको व्यवसायिक योजना बनाएको तर, कोभिड १९ का कारण यो योजना धकेलिएको संञ्चालक पाण्डेले बताए । सन् २०१७ मे ५ तारिखमा पर्यटन मन्त्रालयबाट उडान इजाजतपत्र पाएको यो कम्पनीले सन् २०१८ मार्च २३ तारिखबाट आफ्नो सेवा सुरु गरेको थियो।

हाल यो कम्पनीले तीनवटा एयरबसको एएस ३५० बी ३ सिरिजको हेलिकोप्टरमार्फत उडान सेवा दिँदै आएको छ। एउटा हेलिकोप्टर विस्तारसँगै कम्पनीसँग चारवटा हेलिकोप्टर हुनेछ। कम्पनीले यात्रु चार्टर, कार्गो, सिलिङ, फिल्म लगायत विभीन्न क्षेत्रमा आफ्नो सेवा दिँदै आएको छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!