पुडासैनी प्रकरणबाट बचेका रवि पासपोर्ट काण्डमा फस्दै !

- March 9, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

अनुसा थापा

बुढापाकाले भन्थे,‘झुठ टिक्दैन्, सत्य ढग्दैन् ।’ ढिलो होला तर सँधै सत्यको नै जीत हुन्छ । अरुलाई रुवाउनेले त्यसको तिरो तिर्नैपर्छ । रवि लामिछानेको हकमा यतिखेर त्यस्तै भएको छ । सत्यलाई केही समय गुमसुम पारिएपनि त्यो बाहिर आउँछआउँछ । पत्रकार शालिकग्राम पुडासैनीलाई रविले बाँच्न दिएनन् ।

पुडासैनीले मर्ने बेला भिडियो बनाएर रविले आफूलाई मर्न बाध्य बनाएको भनि रोईकराई गरेका थिए । उनको आँशु रविलाई लागेको छ । त्यतिबेला रविले पैसा खर्च गरेर न्याय किने । आम नागरिकलाई सडकमा उतारेर उनले पुडासैनीलाई मरेको मार्यै बनाइदिए । देशको प्रहरी प्रशासन र न्यायालयको न्याय त त्यतिबेलै माटोमा बिलायो ।

सरकारले त न्याय दिएन् तर सर्वसाधारणले समेत पीडितको पक्षमा बोलेनन् । उल्टो पीडकलाई बचाउन सडकमा उत्रिए । पुडासैनीले मर्नुअघि बोलेका एकएक शब्द सबैले सुनाएका थिए । उनले बनाएको भिडियो सबैले हेरेका थिए । नेपालको संविधानले पुडासैनीलाई पनि बाँच्ने अधिकार सुनिश्चिचत गरेको थियो ।

तर, रविले उनलाई मर्न बाध्य बनाए । ‘रविकै कारण मैले आत्महत्या गर्नुपर्यो । रवि सही मान्छे होइनन् । उनले अरुलाई धम्काएर अंकुत सम्पत्ति जोडेका छन् । स्वास्नी पनि धेरै छन् र दुई वटा नागरिकता छ’, पुडासैनीले यो भनेर मरेका थिए । मान्छे अघिपछि डराउँछ तर काल अगाडि छ भने कसैले झुठ बोल्दैनन् ।

                              (लेखक : थापा)

जुन पुडासैनीबाट पुष्टि भइसकेको छ । पुडासैनीले बोलेका एकएक शब्द सत्य साबित भएका छन् । रवि नागरिकता प्रकरणमा दोषी देखिए । उनले नागरिकताको दुरुपयोग गरेर राहदानीसमेत लिए । कानुनलाई लत्याउँदै उनले थुप्रै गैरकानुनी कार्यहरु गरे । उनको श्रीमती र सम्पत्तिको कुरो पनि विस्तारै बाहिर आउँदै छ ।

पहुँच र पावरको आडमा ‘आत्महत्या दुरुत्साहन’ जस्तो गम्भीर मुद्दाबाट उनी उम्किए । तर, न्याय मर्यो । पत्रकार पुडासैनी सामान्य परिवारमा जन्मिएका व्यक्ति थिए । खेती किसानी गरेर गुजारा गर्नेलाई न्यायालयले चिन्दो रहेनछ । सरकारले गरिबलाई आफ्नो देशको नागरिकमा समेत नगन्ने रहेछ भन्ने त पुडासैनीको मृत्यु प्रकरणबाट प्रमाणित भइसकेको छ ।

रविको हरेक क्षेत्रमा राम्रो दबदबा छ । उनले कानुन केलाउनेदेखि राजनीतिक दलका ठूल्ठूला नेता चिनेका छन् । आफूले जे गर्दा पनि कानुनले छुँदैन् भन्ने मनोबल अझैपनि उनीमा छ । पुडासैनीको परिवार गरिब भएको र पहुँचको फाइदा रविले उठाए । पुडासैनीले बोलेको त्यो भिडियो सुन्ने हो भने आजपनि कतिपयको आँखा रसाउँछ ।

रविको दबाब सहन नसकेर उनले आत्महत्याको बाटो रोजेका हुन् भन्ने कुरा बच्चादेखि बुढासम्मले बुझेका छन् । तर, कानुन त्यो बुझेन् । पुडासैनीले बोलेका भिडियो न्यायालय र प्रहरी प्रशासनबाट बेवास्ता भयो । न न्यायालयले त्यो भिडियोले झुठ हो भन्न सक्यो । न त त्यो पुडासैनी होइन् भनेर प्रमाणित गर्न सक्यो ।

रवि लामिछानेको अगाडि प्रहरी र न्यायालय नै निरीह बन्यो । कानुनको कठघरामा हुनुपर्ने व्यक्ति आज खुलेआम हिँडिरहेका छन् । बोल्न सक्ने र पैसा हुनेलाई कानुन नलाग्ने अनि गरिबचाँहि सँधै पिल्सिनुपर्ने । न्यायालयले भेदभाव गर्न मिल्छ । प्रहरीले शंकाको आधारमा कति निर्दोष व्यक्तिलाई समातेको छ ? प्रहरीले अपराध नै नगरेको व्यक्तिलाई मुद्दा लगाएर जेल कोचेको छ ।

प्रहरीको कारणले निर्दोष व्यक्तिहरु जेलमा कुहिरहेका छन् । यता, रवि जस्ता व्यक्तिहरु बाहिर खुलेआम हिँडेका छन् । शंकाको आधारमा समात्ने प्रहरीले भिडियो हुँदाहुँदै पुडासैनीको मुद्दालाई किन कमजोर बनायो ? न्यायालयले के आधारमा रविलाई सफाइ दियो ? प्रमाण हातमा हुँदाहुँदै बेवास्ता गर्ने काम भएको छ । न्याय मरेको छ ।

पीडितमाथि थप पीडा दिने काम अदालत र प्रहरीले गरेका छन् । प्रधानमन्त्री तथा गृहमन्त्री पुष्पकमल दाहालले पुडासैनीको मुद्दामा फेरिपनि छानबिन अघि बढाउन निर्देशन दिनुपर्छ । प्रहरीले निष्पक्ष रुपमा छानबिन गरेको छैन् । प्रमाणलाई गन्दै नगनेको अदालतले रविलाई सफाइ दिएको छ ।

रविलाई तारिखमा छोड्ने र सफाई दिने न्यायाधीशलाई पनि छानबिनको दायरामा ल्याउनुपर्यो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कमिटी गठन गरेर पुडासैनीको मुद्दालाई जराबाट केलाउन जरुरी छ । पीडितले न्याय पाउनुपर्छ, पीडकले सजाय काट्नुपर्छ । आरोपको भरमा जेल गएकाहरु कति छन् ? आरोपमा भरमा जेल कोच्ने प्रहरी प्रशासन यो मुद्दामा किन चुक्यो ? कि त्यो भीडबाट डरायो ।

कि त माथिबाट दरै दबाब आयो । पुडासैनी राज्यको चौंथो अंग थिए । आफू मरेपनि न्याय नमरोस् भन्ने उनको चाहना थियो । पुडासैनीले सरकार र जनताको आँखा खोलिदिएका थिए । तर, कसैले देख्न र सुन्न चाहेन् । यद्यपि, अहिले आएर उनले बोलेका कुराहरु सत्य साबित भएका छन् ।

रविले गरेका गल्तीहरु क्रमिक रुपमा बाहिर आउँदै छ । आफूसंग काम गरेका साथीलाई त रविले बाँच्न दिएनन् भने अरुलाई त के गरे होलान् ? मिडियामा चिच्याएर चर्चामा आएका उनी पैसा दियो भने जतिसुकै ठुलो कर्तुत पनि लुकाइदिए । पैसा दिएन् भने नाङ्गेझार बनाइदिन्थे । होइन् भने रविले यत्रो सम्पत्ति कहाँबाट जोडे ? एउटा पत्रकारले मासिक कति आम्दानी गर्छ ? खर्च चाहियो, बिहानबेलुका खानुपर्ला । पत्रकारको तलबले बिहानबेलुका छाक टार्न पनि मुस्किल छ ।

तर, रविको त अथाह सम्पत्ति छ, यो कहाँबाट आयो ? उनीसंगै काम गरेका पत्रकारहरु अझैपनि कोठैमा बस्छन् । एकजोर राम्रो लगाउन र एक छाक मिठो खान पनि तिनलाई धौंधौं छ । पत्रकार राज्यको चौंथो अंग हो, जनताको ऐना हो । विडम्बना, पत्रकारले नै न्याय पाउन सकेनन् ।

रविले पत्रकारलाई त बाँच्न दिएनन् भने साधारण जनतालाई त उनले सबैतिरबाट च्याउँछन् होला । रविको विरोधमा बोल्न आँट यहाँ कसैले गर्दैनन् । किन कि उनीसंग पावर, पैसा र पहुँच छ । पुडासैनीको पक्षमा त्यतिखेर सञ्चारकर्मी त बोलेनन् भने अरु कसले साथ दिन्थें । रविको दबाब मिडिया क्षेत्रमा पनि धेरै रहेछ भन्ने त स्पष्ट भइसकेको छ ।

उनले केही गर्छन् कि प्रहरी र अदालतले अप्ठ्यारोमा पारिदिन्छन् कि भनेर मिडिया नै पछि हटे । पत्रकार पुडासैनीको परिवारले न्याय पाउनुपर्छ, दोषीलाई कानुनको दायरामा ल्याउनुपर्छ भनेर कुनै राजनीतिक दलले बोलेका छैनन् । यो विषयमा पत्रकारहरुको कलम रोकिएको छ । कानुन व्यवसायीहरुले पनि मुद्दा हाल्दैनन् ।

पुडासैनी पनि नेपाल आमाको छोरा थिए । उनी कसैको दाजुभाइ थिए । नेपाली भएर उनले राजनीतिक दललाई भोट हालेका थिए । सञ्चारकर्मी भएर उनले राज्यको आँखा देखाइदिए । उनको कारण पनि कहीकतै परिवर्तन भयो होला । राज्यलाई कर तिरेका थिए । तर, राज्यले एउटा नागरिकको महत्व महसुश गर्न सकेन् ।

पुडासैनी मरेको मर्यै भए, रवि फुकुवा हिँडेका छन् । विचरा, ती छोरा गुमाएका बाबुआमाको मन कति भक्कानिँदा हो । यो काण्डपछि रवि राजनीतिमा आए । निष्क्रिय भइसकेको नागरिकताको प्रयोग गरेर उनले पार्टी दर्ता गरे । चितवन निर्वाचन क्षेत्र नम्बर २ का जनताको आँखामा छारो हालेर उनी गृहमन्त्रीसमेत बने ।

घर नुवाकोट, बसाइँ काठमाडौं भएपनि पुडासैनी चितवन गएर मरेका थिए । तर, त्यहाँका जनताले पुडासैनीले न्याय पाउनुपर्छ भनेर बोलेनन् । उल्टो मतदान गरेर चुनाव जिताए । आफूलाई पीडा नपरेसम्म अरुको पीडा देखिँदैन् भनेको यही हो । गैरनागरिकलाई भोट दिँदा त्यहाँ फेरिपनि उपनिर्वाचन हुने भएको छ ।

पुनः निर्वाचन गर्दा जनताले तिरेको करोडौं रुपैयाँ खर्च हुँदैछ । थाहा हुँदाहुँदै पनि नागरिकता नै नभएकोलाई चुनाव जिताउने काम भयो । अदालत र प्रहरीले न्याय नदिएपनि रविको अपराध कराईरहेको छ ।

नागरिकतामा दोषी ठहर भएका उनी पासपोर्ट काण्डमा जेल जाने देखिएको छ । रविको सांसद्, उपप्रधान तथा गृहमन्त्री पद गयो । आफू जसरी पनि जोगिन्छु भनेर रविले हरकोशिस गरेका थिए । यद्यपि, सत्यको जीत हुँदैछ । अपराध कहिलेसम्म ढाकछोप गर्ने ? पत्रकार पुडासैनीले न्याय पाउने भए भनेर धेरै हर्षित भएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!