ठूला व्यवसायीले राष्ट्र बैंक कै अनुमतिमा विदेशमा यि व्यावसयीले लगे रकम

- March 9, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । देश आर्थिक महासंकटमा पुगेको छ । आर्थिक अवस्था जर्जर बन्दै गएपनि सरकारी निकायबाट नेपाली व्यवसायीहरुले गैरकानुनी तरबबाट विदेशमा पैसा लगेपनि कुनै चासो नदिएकै कारण अहिले देश कंगाल बन्दै गएको अर्थविद्हरुको भनाई रहेको छ । विदेशमा लगानी गर्न नेपालको कानुनले अनुमति दिँदैन ।

तर, गैरकानुनी रुपमा विदेशमा पुँजी पलाइन भैरहेको सरकारी निकायले थाहा पाउदाँ र दैनिक जासो समाचार प्रकाशन गर्दा समेत अबैधधन्दा गर्ने र विद्यमान कानुनलाई लत्याउनेमाथी कुनै कारबाही गरिएको छैन । देश दुनियाँ सबैलाई थाहा भएपनि सरकारी निकायलाई भने अर्झै केही थाहा नभएको झै गरी नौटकि गर्दै आएको छ ।

गैरकानुनी रुपमा विदेशमा लगानी विस्तार गर्नेमा चौधरी ग्रुपका अध्यक्ष विनाद चौधरीको अबैधधन्दामाथी कुनै अनुसन्धान सरकारले गर्न आँट गरेको छैन । उनले विदेशमा लगानी विस्तार गर्दै आएको विषय बारम्बार सार्वजनिक भै रहेको छ । भने करोडौ रुपैयाँ राजश्वm मुल्यअभिबृद्धि कर (भ्याट) आयकर समेत छली गर्दै आएका छन् तर विश्वको धनीको सूचीमा उनको नाम आउनु र सो सूचीमा वार्षिक रुपमा उनको सम्पत्ती बृद्धि हुनुले नै उनले विद्यमान ऐनलाई लत्याउदै आएको प्रष्ट भएको छ ।

चौधरीले गरेको गैरकानुनी लगानीबारे कुनै पनि सरकारी निकायले प्रश्न गर्ने आँट गरेको छैन । चौधरी प्रतिनिधि सभाका सदस्य समेत हुन् । नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहेका उनी अहिले अर्थमन्त्री हत्याउने दाउँमा शक्तिकेन्द्रको गुलामीमा व्यस्त रहेका छन । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, प्रशासन संयन्त्रलाई प्रभाव पारेर आफ्नो पक्षमा निणर्य गराउन उनी माहिर मानिदै आएका गैरनेपाली व्यापारी रहेको उनी निकट व्यवसायीहरुले बताएका छन् ।

नाम गोप्य राख्ने सर्तमा चौधरी निकट एक व्यवसायीले भने,‘चौधरीले भारतको राजस्थानको नागरिकता पेश गरेर नेपालबाट विदेशमा पैसा लगी लगानी गर्दै आएका छन्, उनले भारतको विहारमा भएको चाउचाउको उद्योग दर्ता समेत भारतीय नागरिकको हैशियतमा गरेका छन् ।’ व्यवसायमा कर छल्न र गैरकानुनी रुपमा विदेशमा सबैभन्दा बढी पूँजी लैजाने व्यवसायीको रुपमा सरकारले नै चौधरीलाई राम्ररी चिनेपनि कारबाही गर्दैन ।

कानुनी छिद्र प्रयोग गरेर चौधरीले नबिल बैंकबाटै वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी विदेश लैजाने गरेका छन् । चौधरीलाई सो रकम लैजान नेपाल राष्ट्र बैंकले नै स्वीकृति दिदै आएको छ । ठूला व्यवसायिक घरानामा खेतान समूह पनि विदेशमा लगानी विस्तार गर्नेको सूचीमा रहेकोछ । खेतान समूहले नेपालका उत्पादनमुलक उद्योगहरु क्रमशः बिक्री गर्दै भारत, सिंगापुर, दुवईमा लगानी विस्तार गर्दै आएको छ । मुलतः मारवाडी समुदायका नेपाली व्यवसायीहरुको नातागोता भारत, सिंगापुर, हङकङ, दुवई, मलेसियामा रहेकाले उनीहरुसँगको साझेदारीमा लगानी विस्तार गरेको पाइएको छ ।

राणा–शाह–राजभण्डारीहरुले काठमाडौंको जग्गा महँगोमा बिक्री गरेर विदेशमा पुँजी लगिरहेको धेरैको भनाइ छ । दरबारमार्ग, कमलादी, नक्साल, ठमेल, लाजिम्पाट क्षेत्रका ठूला घरजग्गा बिक्रीबाट प्राप्त पुँजी विदेश पलायलन हुदै आएको छ । कानुनले नेपालीलाई विदेशमा लगानी गर्न, स्वीकृत विना पैसा विदेश लैजान निषेध गरेको छ ।

जुनसुकै रुपमा विदेशमा पुँजी पठाए पनि, लगानी गरे पनि त्यो गैरकानुनी र दण्डनीय कार्य ठहरिने राष्ट्र बैंकको ऐनमा उल्लेख छ । तर यो कारबाही ठूला व्यवसायीमाथी लागु हुदैन । साना व्यवसायीमाथीमात्र कारबाही हुने गरेका छन् । देशमा आर्थिक संकट चुलिँदै गएसंगै विकास निर्माणको काम गर्न नसक्ने अबस्थामा सरकार पुगेको छ ।

कानुन प्रक्रिया अनुसार विदेशमा पैसा लैजाने नमिले पनि व्यवसायीहरुले विदेशमा पुँजी लैजादै आएका छन् । व्यवसायीले विदेशमा पैसा लैजान हुण्डि मार्फत् पैसा लगी रहेका हुन्छन् । आयात व्यापारमा संलग्न व्यवसायीहरुले बैकिङ प्रणालीबाट पैसा पठाउदै आएका छन् तर, स्टोरमा रहेको सामानलाई नै पुनः आयात गरिएको नक्कली विवरण तयार गरेर सरकारी कर्मचारीको सलग्नतामा रकम विदेश लैजादै आएको खुलेको छ । समानको लागि एलसी खोल्ने तर उताबाट ल्याउँदा कम सामान ल्याएर सरकारलाई रकम विदेश लैजादै आएका छन् । यसरी विभिन्न तवरबाट विदेशमा पैसा लगेपनि सरकारले भने सो अबैधधन्दाको अनुसन्धान र अनुगमन गरेर कारबाही भने गर्न सकेको छैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!