सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजादै

- February 16, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा एयर एम्बुलेन्स मार्फत लैजाने तयारी गरिएको छ । कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचाररत् भण्डारीलाई एयर एम्बुलेन्समा लैजान लागिएको हो ।

अस्पताल स्रोतका अनुसार उनलाई ६ जना चिकित्सकसहित ११ जनाको साथमा एयर एम्बुलेन्समा लैजान सम्पूर्ण तयारी पूरा भएको छ । उनलाई अस्पतालबाट विमानस्थलतर्फ लैजान लागिएको छ । सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न विभिन्न राजनीतिक दलका नेता(कार्यकर्ता, शुभेच्छुकलगायत अस्पताल पुगेका छन् ।

उनीहरूले उपचारमा संलग्न चिकित्सकसँग भण्डारीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् । बुधबार राति आगलागीमा परेर भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।

स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी ९इन्टुबेसन गरी० अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् । सांसद भण्डारीकी आमाको भने बिहीबार विहान कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!