क्यानका अध्यक्षको राजीनामा माग्दै बैठक बष्हिकार

- January 31, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकमा अध्यक्षको राजीनामा माग्लै ७ जना केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द्रको लिखितरूपमा राजिनामा नआएसम्म बैंठक अगाडी बढाउनुको कुनै औचित्य नभएको बताइएको छ ।

मंगलबार पोखरामा बैठक सुरु भएलगत्तै क्यान असुन्तुष्ट टोलीको नेतृत्व गर्दै क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले अध्यक्ष चतुरबहादुर चन्द र कार्यसम्पादन समितिको राजीनामा माग गरेका हुन् । असन्तुष्ट समूहमा ऋषिराम गौतमसहित दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमित विर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी छन् ।

राजीनामा दिएर नेपाली क्रिकेटलाई माग प्रशस्त गर्न भन्दै गलत निर्णयको साक्षी नबस्ने उद्घोषसहित आफूहरूले बैठक बहिष्कार गरेको एक केन्द्रीय सदस्यले बताए । राजीनामा मागसहितको पत्र बुझाएर बैठकको औचित्य नभएको भन्दै उनीहरूले बैठक बहिष्कार गरेका छन् । ‘राजनीति विषयमा निवेदन दिइसकेपछि, त्यहिँ अध्यक्षको अध्यक्षताको बैठकको त के औचित्य रह्यो र १’ ती सदस्यले भने ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट