भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउछ : चेम्बर अध्यक्ष मल्ल

- January 27, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि ब्यापार सहजीकरण हुने गरि रणनीति तयार गर्न सरकारसंग माग गरेका छन् । उनले भन्सारमा सन्दर्भ मुल्य भन्दा पनि कारोबार मुल्यलाई मान्यता दिनुपर्ने बताएका छन् । अध्यक्ष मल्लले भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने दाबी गरेका छन् ।

अध्यक्ष मल्लले बिलबिजक लिनेदिने कार्यलाई बाध्यकारी बनाउनु पर्नेमा समेत जोड दिएका छन् । उनले करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुको विल्कप नभएको बताए । सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाईरहेका भन्दै उनले भन्सार प्रशासनमा डिजीटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताए ।

उनले भन्सार नाकाहरुमा अन्तराष्ट्रिय स्तरको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिए । अर्थसचिव तोयम रायले भन्सार नाकाहरुमा कारोबार मुल्यलाई कायम गर्न समस्या नरहेको बताए । उनले मुलुक विश्व व्यापार संगठन डब्लुटीओको सदस्य भईसकेको अवस्थामा सोही अनुसारको अन्तराष्ट्रिय मुल्य मान्यतालाई कायम गर्नुपर्ने बताए ।

भन्सार सुधारको आवश्यक्ता आफुलाई पनि महसुस भएको रायको भनाई रहेको छ । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुबाट व्यापार सहजीकरणका लागि काम भईरहेको बताए । यसका लागि विभागले डिजिटलाईजेसन प्रणाली भित्रायाउने गृहकार्य गरिरहेको महानिर्देशक बुढाले बताए ।

भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गरेको छ । यसैक्रममा  चेम्बरले ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्र सहित निर्देशक मैनालीलाई सम्मान गरेको चेम्बरले जनाएको छ  । भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको अध्यक्ष मल्ले बताएका छन् । मैनाली यसअघी रसुवा भन्सार प्रमुखका रुपमा काम गरेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!