भृकुटीमण्डप जुत्ता मेलामा ठगी : सरकारी निकाय मौन वारेण्टीमै किचलो, भ्याट छली

- December 12, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  । प्राःय सधै झै लागिरहने चुत्ता मेलामा उपभोक्तामाथी खुला रुपमा ठगी भइरहेको छ । स्वदेशी उत्पादन भन्दै गुणस्तहिन जुत्ताचप्पलको आयात गरेर उपभोक्ता ठगी गर्नमा पछिल्लो समयमा विभिन्न जुत्ता व्यपसायीहरुमा तीब्र प्रतिस्पर्धानै चलाएका छन । नेपाली जुत्ता बजारमा आयातित भएका जुत्ताचप्पलमा वारेण्टीको नाममा कमसल चाइनीज जुत्ता बजारमा बिक्री गर्दै आएका छन् ।

कच्चा पदार्थका नामबाट सेटिङ मिलाएर नेपाल भित्राएका जुत्ताचप्पललाई नेपाली उत्पादन भएको भन्दै अत्याधिक मंहगोमा बिक्री गरिदै आएको छ भने अर्कोतर्फ सरकारलाई बुझाउनु पर्ने कर, राजश्व, आयकर र मुल्यअभिबृद्धि कर (भ्याट) समेत ठूलो मात्रामा छली गरिदै आएकोछ ।

सुरुदेखिनै नेपाली उत्पादनको लोगो झुण्डाएर चिनीयाँ सस्तो र गुणस्तहिन जुत्ताचप्पल बिक्री वितरण गर्दै आएको नेपाली व्यापारीका विभिन्न नामको कम्पनीको स्टिकर टाँसेर मंहगोमा बिक्री गरि उपभोक्ता लुटिदाँ समेत सरकारी निकाय मौन बसेको छ । सुरुदेखिनै आयातित जुत्ताचप्पलको बिक्री गर्दै आएका विभिन्न ब्राण्डका जुत्तामा खराबीहरु भेटिएका छन् ।

नेपाली व्यापारीले रातारात कमसल जुत्तामा आफ्नो लोगो टाँँसेर नेपाली बजारमा सस्तो र गुणस्तरहिन सामान चीनको स्वाशासित क्षेत्र तिव्वतबाट आयातगरी उच्च गुणस्तरको भन्दै उपभोक्ता ठगी गर्दै आएको भेटिएको छ । राजधानी लगायत मुलुकको विभिन्न स्थानमा चीनियाँ सामानलाई नेपाली उत्पादन भन्दै लामो समयदेखि बिक्री वितरण हुदै आएको भएपनि सम्बन्धित निकायको अनुगनम नगर्दा उपभोक्ता ठगीमा पर्ने गरेका छन् ।

जुत्ता व्यापारीले उपभोक्ताले ६ महिनाको वारेण्टी भन्दै खरिद गरेको जुत्ता १ महिनामा नै ध्वस्त भएको पिडित उपभोक्ताले तीव्रखबरलाई आफ्नो प्रमाण प्रस्तुत गरेका छन । आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा उनले सो प्रमाण दिएका हुन । चीनियाँ न्यून गुणस्तरीय जुत्ता, चप्पलको आयातगरी उच्च नेपाली ब्रान्डको भन्दै व्यापारीले उपभोक्तालाई बिक्री गरेर ठगी गर्दै आएको छन ।

अबैध कारोबार गरी चीनको खासा बजारबाट कम गुणस्तरको जुत्ता आयात गरी नेपाली स्टिकर टाँसेर बिक्री वितरण गर्दै आएका व्यापारीहरुले बाह्रैमहिना भृकुटीमण्डपमा मेला राखेर उपभोक्तामाथी ठगी गदै आएका छन् । भने जुत्ता व्यवसायीहरुको गुणस्तहिन जुत्ताचप्पल पसलबाट बिक्री नभएपछि भृकुटीमण्डपको चौरलाई गुणस्तहिन जुत्ताचप्पलको स्टोरकै रुपमा प्रयोग गर्दै आएका छन् ।

अहिले चीन लगायत भारतीय बजारबाट सस्तोमा खरिद गरी चोरीपैठारी गरेर नेपाल भित्राएका जुत्ता बजार लगेपछि नेपाली उत्पादनको नाममा न्यूनतम २५ सयदेखि ५ हजार रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । सो जुत्ता चीनियाँ बजारमा न्यूनतम १ सय ५० रुपैयाँ पर्ने गरेको सम्बन्धित व्यवसायीहरुले बताएका छन ।

१ सय ५० रुपैयाँमा खरिद गरेको प्रतिजोर सो जुत्ता नेपाली बजारमा आईपुग्दा भाडा, पसलको भाडा र अन्य कर सहित ५ सय रुपैयाँ पर्ने चीनियाँ जुत्ता नेपाली उपभोक्तालाई भने स्वदेशी उत्पादन भन्दै २५ सय देखि ५ हजार रुपैयाँमा बिक्री गर्दै आएका एक व्यवसायीले नाम नछाप्ने सर्तमा बताए ।

सस्तोमा सामान उठाउने र त्यही सामानलाई उच्च ब्राण्ड र नेपाली उत्पादन भन्दै बिक्री बितरण हुँदा समेत सम्बन्धित निकायको ध्यान नपुग्दा लाखौं रुपैयाँ राजस्व गुम्न पुगेको छ । नेपाली व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतको बजारबाट आयात गरेका अधिकांश कमसल सामग्रीमा नेपाली ब्रान्डको हवला दिँदै नक्कली स्टिकर टाँसी उपभोक्ता ठगी गरेको खुलासा हुँदा सम्म सम्बन्धित निकायले छानविन नगर्दा उपभोक्ता दैनिक रुपमा ठगिइ रहेका छन ।

लामो समयदेखि नेपाली बजारमा विभिन्न चिनियाँ सामानको आयात गर्दै आएका नेपाली व्यवसायीले चिनियाँ विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक कक्षामा निर्माण गरेको कमसल सामानको आयात गरी सामानमा नेपाली ब्रान्डको नाम दिँदै वर्षौंदेखि उपभोक्ता ठगी गरेको आरोप स्वयं व्यवसायीले लगाएका छन ।

पछिल्लो समयमा नेपाली उत्पादन भन्दै तयारी पोशाक र जुत्ता, चप्चलहरुमा व्यापारीले ठगी गर्दै आएका छन । स्थानीय व्यवसायीले दिएको जानकारीअनुसार उत्तरी नाकाबाट रातको समयमा सामान राजधानी ल्याई रातारात सो कमसल सामानलाई नेपाली ब्रान्डको स्टिकर टाँसेर बजार पठाउने कार्यमा विगत लामो समयदेखि व्यवसायीहरु लागि परेका छन ।

यसरी चीन र भारतबाट कमसल सामानको आयात गरेर नक्कली स्टिकर टाँसी बजार पठाउँदा सो सामानको बजार मूल्य र चिनियाँ र भारतीय सामानको बजार मूल्यमा ठूलो अन्तर पर्ने समेत उनको दाबी रहको छ । राजधानी लगायत मुलुकको विभिन्न स्थानमा चीनियाँ सामानलाई नेपाली उत्पादन भन्दै लामो समयदेखि बिक्री वितरण हुदै आएको भएपनि सम्बन्धित निकायको अनुगनम नगर्दा उपभोक्ता ठगीमा पर्ने गरेका छन् ।

सस्तोमा सामान उठाउने र त्यही सामानलाई उच्च ब्राण्ड र नेपाली उत्पादन भन्दै बिक्री बितरण हुँदा समेत सम्बन्धित निकायको ध्यान नपुग्दा लाखौं रुपैयाँ राजस्व गुम्न पुगेको छ । हजारौंको सख्यामा नक्कली स्टिकर छाप्ने गरेका अधिकांश छापाखानाको छपाई शुल्क समेत दिन आनाकानी गर्दै आएका गर्दै आएका छन् ।

नेपाली व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतको बजारबाट आयात गरेका अधिकांश कमसल सामग्रीमा नेपाली ब्रान्डको हवला दिँदै नक्कली स्टिकर टाँसी उपभोक्ता ठगी गरेको खुलासा हुँदा सम्म सम्बन्धित निकायले छानविन नगर्दा उपभोक्ता दैनिक रुपमा ठगिइ रहेका छन् ।

नेपाली जुत्ता बजारमा गुणस्तरहीन कच्चा पदार्थ प्रयोग गरी बनाइएका आयातीत तथा अन्य जुत्ताबाट ठगिएका उपभोक्ता, फेसनअनुसारका जुत्ता नपाएर मन खुम्च्याएर बाध्यताबस तिनै जुत्ता लगाउनु बाध्य ग्राहक, गुणस्तरभन्दा महँगो मूल्य तिरेर ठगिएका ग्राहकलाई लक्षित गरेर उत्पादन गरेको सो ब्राण्डको जुत्ता गुणस्तहिन र अत्याधिक मंहगो समेत रहेको छ ।

स्मरण रहोस्, विभिन्न कम्पनीहरुले नेपाली बजारमा चिनियाँ विद्यार्थीले प्रयोगात्मक कक्षामा निर्माण गरेका टेलिभिजन, रेडियो, घडी, स्पिकर, एलसीडी, पेनड्राइभ, भीसीडी प्लेयर, ल्यापटप र रिमोट कन्ट्रोल, तयारी पोशाक र जुत्ता चप्पलजस्ता सामानलाई सो कम्पनीले आफ्नो ब्रान्डको स्टिकर टाँसी महँगो मूल्यमा बिक्री गर्ने गरेको छ । यसरी दैनिकजसो तिब्बतबाट नेपाल भित्रिएका अधिकांश खासाको सामानमा नक्कली स्टिकर टाँसी बिक्री–वितरण भई रहँदासमेत सोबारेमा सम्बन्धित निकायले कुनै चासो देखाएको छैन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट