चौधरी ग्रुपका अध्यक्ष बिनोद विरुद्ध सर्वोच्चमा मुद्दा

- December 6, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चौधरीको निर्देशनमा आफुखुशी कर्मचारी विनियमावली संशोधन/-

काठमाडौं । अतिनै विवादीत व्यापारी अर्थात विश्वको धनीको सूचीमा नाम लेखाएका चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीका विरुद्धमा सर्वोच्चमा मुद्दा हालिएको छ । विभिन्न पार्टी परिवर्तन गरि सधै शक्तिको पछाडी रही रहने विवादीत व्यापारी पछिल्लो समयमा नेपाली काँग्रेसको तर्फबाट भर्खरै साँसद जितेपछि विद्यमान ऐन कानुनलाई लल्याउदै कर्मचारी विनियमावली संशोधन गरेपछि उनी विरुद्ध मुद्दा हालिएको बताइएको छ ।

चौधरीको नबिल बैंकका कर्मचारीले व्यवस्थापन विरुद्ध मुद्दा हालेका हुन । सो बैंकको सवै अधिकार बिनोद चौधरीले लिएका छन् । युनियनसँगको सहमति विपरित कर्मचारी विनियमावली संशोधन गरिएपछि उनीहरुले सर्वोच्च अदालतमा मुद्दा हालेको बताएका छन् । प्राप्त विवरण अनुसार विसं २०७५ मा बनाइएको कर्मचारी सेवा विनियमावली खारेज भएको अवस्थामा नयाँ विनियमावली कतिपय नयाँ व्यवस्था पुराना कर्मचारीलाई समेत लागु हुने व्यवस्था गरिएपछि कानुनी उपचार खोजिएको उनीहरुले जनाएका छन् ।

कर्मचारी युनियनका पदाधिकारीका अनुसार ३७ वटा बुँदामा हाम्रो कर्मचारीको असहमति रहेको जनाएका छन् । त्यसमध्ये केही बुँदा नेपालको संविधान, प्रचलित कानुन र व्यक्तिगत स्वतन्त्रता विरुद्ध रहेकाले अदालतको शरणमा गएको कर्मचारीले बताएका छन् । १५ दिनभित्र लिखित जवाफ लिएर उपस्थित हुन नबिललाई सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उक्त आदेश दिएको हो । यसअघि बिहीबार तत्कालीन किष्ट बैंकका प्रबन्ध निर्देशक कमल ज्ञवालीको मुद्दाको कारण उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । बैंकले नयाँ कर्मचारी विनियमावलीमा एकाघरका अर्का सदस्य बैंक सेवाको निम्ति अयोग्य हुने व्यवस्था गरेको र ज्येष्ठता तथा शैक्षिक योग्यताको आधारमा हुँदै आएको फाइल र आन्तरिक प्रतिस्पर्धात्मक माध्यमको बढुवाको सर्वमान्य व्यवस्थामा परिवर्तन गरेको बताइन्छ ।

त्यसैगरी खाइपाई आएका कतिपय आर्थिक सुविधामा पनि कटौती गरिएको छ । सो विषयमा पहिले नेपाल राष्ट्र बैंकको नियमन विभागमा समेत उजुरी हालिएको छ । केन्द्रीय बैंक, नबिल व्यवस्थापन र युनियनका पदाधिकारीहरुबीच भएको छलफलमा राष्ट्र बैंकको नमूना विनियमावली बमोजिम संशोधन गरिने सहमति भएको थियो ।

नबिलका बदमासीबारे कर्मचारीले श्रम कार्यालयसमेत गुहारेका थिए । मुद्दामा नबिल बैंक, बैंक सञ्चालक समिति, सिइओ ज्ञानेन्द्र ढुंगाना, राष्ट्र बैंक र श्रम तथा रोजगार कार्यालयलाई विपक्षी बनाइएको छ । नबिलमा सबैभन्दा धेरै सेयर लगानी डलर अर्बपति विनोद चौधरी, उनका परिवार र चौधरीसँग सम्बन्धित बंगलादेशी कम्पनीको रहेको छ । गत असारदेखि बैंकमा तत्कालीन नेपाल बंगलादेश बैंक मर्ज भएको थियो । त्यसयता ज्ञानेन्द्र ढुंगाना सिइओ छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट