इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे सार्वजनिक

- November 10, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ–सेगवे ई ११० एल सार्वजनिक गरेको छ । सेगवेइ–स्कुटर ई ११० एल मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटरको रुपमा रहेको दाबी कम्पनीको रहेको छ ।

यस मोडलमा अग्रणी टेक्नोलोजी र हेवी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण रहेको छ । सो स्कुटरमा विभिन्न इण्डष्ट्री लिडीङ्ग उत्कृष्ट फिचरहरु समावेश गरिएको छ र यसले प्रभावशालीे प्रदर्शन प्रदान गर्दछ ।

२४०० वाटको अधिकतम मोटर पावर रहेको छ । इ–स्कुटरले ११० किलोमिटर भन्दा बढीको यात्रागर्न सक्ने दावी गरिएको छ । सेगवे–नाइनबटको नेपालकालागि आधिकारिक आयातकर्ता तथा वितरक आइहव प्रालिले गर्दै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!