नेपाल लाईफका अध्यक्ष संघाईको नक्कली सर्टिफिकेट : सिआइबीमा परेको उजुरी नै गायव

- September 20, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नक्कली कागजात र शैक्षिक प्रमाणपत्र पेश गर्दैै नेपालको भूमी प्रयोग गरे सञ्चालन गरेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पुनः विवादमा परेको छ । देशको सर्वश्रेष्ठ र नम्बर १ बीमा कम्पनी भएको भन्दै भ्रामक विज्ञापन गरेर विमितमाथी नै ठगीधन्दा चलाउदै आएको सो कम्पनीका अध्यक्षकै कागजात नक्कली भएको भेटिएको छ ।

सो कम्पनीमा विवादास्पद र नक्कली सर्टिफिकेटधारी व्यापारी गोविन्दलाल संघाईकै इच्छा अनुसार रजगज चलाउदै आएको आरोप समेत लागेको छ । नेपाल लाईफ इन्स्योरेन्सका अध्यक्ष रहेका संघाईको नक्कली शैक्षिक प्रमाण पत्र भएको ठहर गर्दै ५ वर्ष अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा उजुरी हालिएको भएपनि सो उजुरीको फाईलनै अहिले गायव भएको बताइएको छ ।

संघाईले भारतबाट नक्कली शैक्षिक प्रमाण पत्र खरिद गरेर ल्याई नेपालमा विभिन्न उद्योग व्यावसाय गर्दै आएका छन् । उनले नेपाल सरकारलाई बुझाउनु पर्ने कर, राजश्व र आयकरका साथै मुल्यअभिबृद्धि कर (भ्याट) समेत गरेर करोडौ रुपैयाँ छली गर्दै आएको बताइएको छ ।

विवादीत व्यापारी संघाईले इन्स्सुरेन्समा अध्यक्ष बन्नकालागि पेश गरेको शैक्षिक प्रमाण पत्र भारतबाट खरिद गरि ल्याएको नक्कली भएको भएको भन्दै छानविन गरि कारबाही गर्न गत ५ वर्ष अघि सिआईबीलाई समेत उजुरी गरेको परेको थियो । सुरुमा वीमा समितिमा उजुरी दिदा पनि समितिले कारबाहीको प्रकृया अगाडी नबढाएको र उल्टो उन्मुक्ति दिएपछि थप अनुसन्धान गर्न र गराई कारबाही गरि पाँऔ भनी सिआईबीमा उजुरी हालिएको थियो ।

समयमा कारबाही नहुदाँ विवादास्पद व्यापारीले चलाएको सो इन्स्योरेन्स कम्पनीबाट मासिक रुपमा सर्वसाधरणको जीवन वीमाको नाममा करोडौँ ठगी गर्दै आएपनि सरोकारवाला निकायले ध्यान नदिएका कारण त्यसको फाईदा संघाईले उठाउदै आएका छन् । सो ईन्स्योरेन्सका सञ्चालक तथा अध्यक्ष संघाईले आई.ए र बि.ए को सर्टिफिकेट पेश गरेका थिए ।

विमा समितिबाट निर्देशित विमा सुशासनमा संचालकको योग्यता स्नातक हुनुपर्ने व्यवस्था भएको हुदाँ उनले उनले भारतबाट नक्कली सर्टिफिकेट ल्याएर सो पदमा रहेको तत्कालिन उजुरीमा उल्लेख गरेको थियो । विमकको संस्थागत सुशासन सम्बन्धी निर्देशीका २०७३ अनुसार सञ्चालकको योग्यता स्नातक वा सो सरह उपाधी हासिल गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।

तर अध्यक्ष संघाई सो सरह नभएकाले भारतबाट नक्कली सर्टिफिकेट खरिद गरेर ल्याई अध्यक्षमा नियुक्त भएको आरोप लागेको छ । संघाईका विरुद्धमा २०७४ मंसिर २० गते उजुरी दर्ता भएको रेकर्ड रहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँबजार बस्ने राम अवतार अग्रवालले संघाईलाई कारबाही गर्न भन्दै वीमा समिति र सिआइबीमा उजुरी गरेका थिए ।

अग्रवालले दिएको उजुरीमाथी सम्बन्धित सरकारी निकायले भने ५ वर्षदेखि कुनै कारबाही प्रकृया अगाडी बढाएको छैन । सर्वसाधरणको जीवन वीमाको रकम समेत विभिन्न शिर्षक उपशिर्षकमा अर्बौँ रुपैयाँ अनियमितता गरेको आरोप समेत संघईमाथी लागेको छ । उनीले इन्स्योरेन्सकै पैसा लगेर धादिङको पृथ्वी राजमार्गको मा सडकलाई नै अबरोध पुग्ने गरि सिद्धार्थ ग्याँस उद्योग खोलेको बताइएको छ । उनको सो ग्याँस उद्योग समेत विद्यमान मापदण्ड विपरित सञ्चालनमा आइरहेको छ ।

तत्कालिन समयमा तत्कालिन वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले सिद्धार्थ ग्याँसमा छापा हानी शिलबन्द गरेपनि शक्ती र पैसाकै भरमा केही दिनमै विना कारबाही शिल खोलिएको थियो । शक्तिकै आडमा धन्दा चलाउँदै आएका संघाईले हालसम्म पनि मापदण्ड विपरित उद्योग चलाउँदै आएको र विद्यमान मापदण्ड विपरित नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर अध्यक्ष बने पनि कारबाही भने सरकारले गर्न सकेको छैन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!