प्रथम मातातीर्थ गोल्डकप असोज ३ गतेबाट शुरु

- September 20, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रथम मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता असोज ३ गतेबाट सुरू भएको छ ।

मातातीर्थ संरक्षण तथा विकास समितिद्वारा चन्द्रागिरि नगरपालिका वडा नंम्बर ६ मातातीर्थस्थित फुटबल मैदानमा आयोजना हुने प्रतियोगिता यहि मिति २०७९ साल असोज ३ गते उद्घाटन भई असोज १७ गते समापन हुने समितिका अध्यक्ष शान्त उदासले जानकारी गराए ।

असोज ३ गते उद्घाटन कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा उपमेयर, ४, ५, ६, ८ का वडाध्यक्ष एवं राष्ट्रिय खेलाडी रमेश बुढाथोकी, सुन्दर थापा लगायत सबै राजनीतिक दलका स्थानिय नेताहरुको उपस्थिति रहेको थियो उक्त उद्घाटन कार्यक्रम मीन श्रेष्ठको सभापतित्वमा भएको थियो ।

प्रतियोगिताको विजेता टोलीले नगद रू दुइ लाख र उपबिजेताले नगद रू एक लाख पचास हजार सहित ट्रफि हात पार्नेछन भने प्रतियोगितामा तेश्रो हुने टोलीले नगद ५० हजार रूपैयाँ हात पार्ने बताइएको छ ।

व्यक्तिगत विधा तर्फका अब्बल खेलाडीहरूले जनही १० हजार रूपैयाँ तथा ट्रफि हात पार्दा अनुशासित टिमले २० हजार रूपैयाँ प्रोत्साहन रकम पाउनेछ ।

उक्त प्रतियोगितामा देशभरका २४ वटा क्लवका टिम सहभागि भएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!