मिनभबन क्याम्पसमा सिलवाल र बस्नेतले गरे आर्थिक घोटला

- September 4, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । क्याम्पस प्रमुख र विद्यार्थी कल्याण प्रमुखकोे गोप्य योजनामा गरिव विद्यार्थीको नाममा नक्कली कागजात बनाएर लाखौ रुपैयाँ अग्रीम भुक्तानी गरि अनियमितता गरेको फेला परेको छ । उक्त अबैधधन्दा सरकारी क्याम्पसहरुमा उग्र रुप लिएकोछ ।

तीव्रखबरलाई ढिलागरि प्राप्त कागजात अनुसार यसरी नक्कली विद्यार्थीदेखि संक्कली विद्यार्थीकै नाममा किर्ते कागजता (हस्ताक्षर) गरेर नेपाल कमर्स क्याम्पस मिनभबनबाट लाखौं रुपैयाँ अग्रीम भुक्तानी दिएको भन्दै रकम हिनामिना गरेको खुलेको छ ।

सो क्याम्पसमा २०७५ समूहका विविएस दोस्रो वर्षको केही विद्यार्थीहरुले उक्त वर्षको जम्मा तिर्नुपर्ने रकम ९ हजार ३ सय ४५ रुपैयाँमा क्याम्पस विद्यार्थी कल्याण प्रमुख लालबहादुर बस्नेतको सिफारिस तथा तत्कालिन क्याम्पस प्रमुख ध्रुवप्रसाद सिलवालको स्वीकृतिमा ५ रुपैयाँमात्र तिराई भर्ना गरिएको समेत भेटिएको छ ।

सो क्याम्पसले परीक्षा फाराम समेत भराई परीक्षा नियन्त्रण कार्यालयमा पठाएकोले सो वापत क्याम्पसलाई आर्थिक हानि हुन पुगेको भन्दै तत्कालिन समयमै छानविन गरि कारवाही गर्न सम्बन्धित निकायमा उजुरी गर्दा समेत अहिलेसम्म कारबाही भएको छैन ।

यसैगरी, केही विद्यार्थी नेता र क्याम्पस व्यवस्थापकबीचको अबैध साँठगाँठमा २०७५ समूहका विविएस तेस्रो वर्षमा पनि केही विद्यार्थीहरुले उक्त वर्षको जम्मा तिर्नुपर्ने १० हजार ४ सय ७५ रुपैयाँमा क्याम्पस विद्यार्थी कल्याण प्रमुख बस्नेतको सिफारिसमै १ हजार ४ सय ६० रुपैयाँ मात्र तिराई आर्थिक घोटाला गरेको ठहर सो उजुरीमा रहेको छ ।

२०७६ समूहको विविएस दोस्रो वर्षमा विद्यार्थीहरुले बुझाउनु पर्ने १० हजार ५ सय ७० रुपैयाँमा पनि क्याम्पस विद्यार्थी कल्याण प्रमुख बस्नेतकै योजनामा ८ सय ३० रुपैयाँमात्र तिराई अरु रकम तत्कालिन क्याम्पस प्रमुख प्राध्यापक धु्रवप्रसाद सिलवालको मिलिमतोमा रकम हिनामिना गरेको दाबी उजुरी पत्रमा रहेको छ ।

यसैगरी, सोही टिमले विद्यार्थीकालागि खुलाउनु पर्ने छात्रबृतिको सूचना जारी गर्नु अघिनै अर्थात २२ दिन अघि विद्यार्थीको नाममा छात्रबृति स्वीकृत गरि रकम नै निकासा गरेर हिनामिना गरेको आरोप समेत लागेको छ । प्राप्त कागजात अनुसार २०७७ समूहका प्रथम वर्षका विद्यार्थीहरुको छात्रवृतिका लागि २०७८ माघ २७ मा सूचना प्रकाशन गरिएको थियो ।

तर, सोही समूहका विद्यार्थीहरुलाई उक्त मिति भन्दा २२ दिन अगावै अर्थात २०७८ माघ ६ गते नै विभिन्न विद्यार्थीको नाममा नक्कली कागजात तयार पारेर अग्रीम रकम निकासा गरि अनियमितता गरेको आरोप लागेको छ । सो अबैध कार्यमा क्याम्पस विद्यार्थी कल्याण प्रमुख लालबहादुर बस्नेतको सिफारिस तथा तत्कालिन क्याम्पस प्रमुख प्राध्यापक ध्रुवप्रसाद सिलवालको मिलिमतोमा रकम निकासा गरी सम्बन्धित विद्यार्थीलाई समेत थाहा नदिई आफुखुशी खर्च गरेको समेत आरोप लागेको छ ।

सो सम्बन्धमा क्याम्पस विद्यार्थी कल्याण प्रमुख बस्नेतसंग सम्र्पक गर्दा उनले आफुलाई बचाउदै विद्यार्थी नेतालाई दोष लगाउदै रकम दिएको दाबी गरे । उनले अगाडी भने,‘यसरी सूचना जारी हुनुभन्दा अगाडीनै रकम भुक्तानी गर्नमा हामीलाई विभिन्न विद्यार्थी दलका नेताबाट चर्को दवाव आएपछि हामीले उपलव्ध गराएको हो, सो रकम हिनामिना भयो की भएन विद्यार्थी पाएकी पाएनन त्यसको अनुगमन क्याम्पसले गरेको छैन ।’

तर, विद्यार्थी संगठनका नेताहरुहरुले भने, हामीलाई दोष दिएर क्याम्पस प्रमख सिलवाल र बस्नेतकै योजनामा रकम निकासी गरेको भेटेका छौ, क्याम्पस व्यवस्थापककै योजनामा नक्कली निबेदन विद्यार्थीकै नाममा लेखेर अगाडी रकम अपचलन गरेको पाएका छौ, कारबाही गर्न सम्बन्धित निकायलाई उजुरी गर्दा पनि सो माथी कुनै छानविन समेत भएको छैन ।’ उनीहरुले त्रिवि कीर्तिपुरको कार्यलय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय, त्रिवि कीर्तिपुर र शिक्षाध्यक्षको कार्यालय, त्रिवि कीर्तिपुरमा उजुरी गरेको बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!