कैलाली भन्सारमा तस्कर र कर्मचारीबीच झडप

- August 9, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धनगढी । कैलाली भन्सार कार्यालयको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको समान बरामद गर्न खोज्दा विवाद पर्नुका साथै झडप समेत भएको छ । धनगढी उपमहानगरपालिका–२ का दुई जना महिलाले भारतबाट अवैध रुपमा ल्याएका सुट लगायतका समान भन्सार कार्यालयको गस्ती टोलीले बरामद गर्न खोज्दा विवाद भएको जनाएको छ ।

मिलनचोकस्थित भन्सारको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ की रिता कुँवर र अञ्जु कुँवरले भारतबाट ल्याइरहेको समान बरामद गर्ने क्रममा वादविवादसंगै झडप समेत भएको बताइएको छ । सोही क्रममा त्यहाँ पुगेका रिताका श्रीमान कालुसिंह कुँवरले भन्सार कार्यालयको गाडीमाथि तोडफोड गरेका छन् ।

उनीसहित अन्य दुई महिला र भन्सार कार्यालयका सवारी चालक रोहित महतालाई पक्राउ गरिएको छ । प्रहरी नियन्त्रणमा रहेका ती दुई महिलाले भन्सार कार्यालयको गस्ती टोलीले आफूहरुसँग पैसा मागेपछि विवाद भएको बयान दिएकी छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!