हुन्डीमार्फत मंहगो मोबाइल सेट विना भन्सार आयात : न्यूरोडमा हुन्छ अबैध व्यापार

- August 8, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । देशको अर्थतन्त्रमा आएको गिरावटसंगै विदेशी मुद्राको सञ्चिती बढाउनेभन्दै सरकारले विलासिता बस्तुको आयातमा बन्द गरियो । यसरी सरकारले आयातमा रोक लगाएपछि पछिल्लो समयमा ल्याउन रोकिएका बस्तुको आयातमा बृद्धिमात्र हैन अर्बौ रुपैयाँ हुन्डी मार्फत पठाए भन्सार कर्मचारीको मिलिमतोमा सामान नेपाल भित्रि रहेको पाइएको छ ।

गत बैशाख १३ गतेदेखि सरकारले ६ सय अमेरिकी डलरभन्दा महँगा मोबाइल र २५० सीसी भन्दा माथिका मोटरसाइकलका साथै सवारी सधानको आयातमा रोक लगाएसंगै कर्मचारी र व्यवसायीकै मिलिमतोमा विना भन्सार सामान ल्याउनेक्रममा भने कमी आएको छैन । मोबाइल सेट आयातमा गरेको थप कडाइ सरकारले गरेको भएपछि दैनिक रुपमा मंहगा मोवाईल सेट नेपाली बजारमा ल्याउनेक्रममा झन तीव्रता पाएको छ ।

सरकारले महँगा मोबाइल सेटको आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीहरुले राजश्व छलेर अवैध बाटोबाट मोबाइल फोन ल्याउनेक्रममा झन बृद्धि हुदै गएको छ । यसअघि पनि अत्याधिक रुपमा व्यवसायीहरुले प्रयोग गर्दै आएको हुन्डीबाट पछिल्लो समयमा झन फस्टाएको छ । सरकारले आयातमा गरेको कडाई र व्यापारीहरुले हुन्डीमार्फत रकम पठाएर मोबाइल फोन सेट आयात गर्दै आएको पाईएको छ ।

सो अबैधन्दामा विभिन्न नाममा खोलिएका संघकै पदाधिकारीहरुकै संलग्नतामा हुन्डीको कारोबार हुदै आएको समेत आरोप लगाइएको छ । भने सो अबैधन्दामा सरकार र शक्तिको पहूँचमा भएका व्यापारीहरुले स्थापना गरेको मोबाइल फोन आयातकर्ता संघ नामक संस्थाका उपाध्यक्ष सञ्जय अग्रवालदेखि दीपक मलहोत्रा परिवार सकृय रुपमा लागेको आरोप उनीहरु निकट व्यवसायीहरुको रहेको छ ।

हुन्डी मार्फत अहिले २० हजारभन्दा माथिका फोन सेट भित्राउन व्यापारीहरुले प्रयो गर्दै आएका छन् । यसरी भित्राएका सेटहरु अहिले बजारमा खुला रुपमा बिक्री हुदै आएको छ भने अर्कोतर्फ करोडौ रुपैयाँ राजश्व कर छली हुदै गएको छ । एकातर्फत सरकारले राजश्व कर गुमाई रहदा अर्कोतर्फ उपभोक्ताहरु अत्याधिक मंहगोमा सेट खरिद गरेर ठगीदै समेत आएका छन् ।

मोबाईल व्यापारीहरुले उपभोक्तासंग प्रति मोबाईल सेटमा न्यूनतम १० हजार रुपैयाँ बढी रकम असुली गर्दै आएका छन् । भने उपभोक्ताहरुले विल मागेको खण्डमा ‘कोटेशन’ मा लिएको रकमभन्दा कम उल्लेखग गरेर दिने समेत गरेको पाईएको छ । जहाँ नक्कली मुल्यअभिबृद्धि कर (भ्याट) नम्बर लेखि उपभोक्तामाती भ्रम फैलाएर ठगी गर्दै आएका छन् ।

यसरी अबैध रुपमा नेपाल भित्राउदै वर्षमै ६० अर्ब रुपैयाँभन्दा बढी राजश्व सरकारले गुमाउदै आएको अनुमान आन्तरिक राजश्व विभागका एक अधिकारीले अनुमान गरेका छन् । भन्सार कर्मचारी र व्यापारीबीचको अबैध साँठगाँठबाट विना भन्सरा सरकारले प्रतिबन्द गरेका मंहगा सेट आयात गरेर खुला रुपमा बिक्री हुदै आएको छ ।

यसरी अबैध रुपमा नेपाल भित्रिएका मोबाइल सेटहरु विशेष गरी काठमाडौंको न्यूरोडका सवै मोबाइल पसलहरुमा बिक्री हुदै आएका छन् । सरकारले आयातमा गरेको प्रतिबन्दपछि मोबाईल व्यापारीहरुले हुन्डीमार्फत रकम विदेश पठाउदै आएका छन् ।

सो अबैधधन्दामा राजनीतिक दलका नेता, बहालवाला साँसद, प्रहरी प्रशासनका उच्च तहका अधिकारीहरुको रकम लगानी हुदै आएको उच्च यसरी हुण्डीमार्फत रकम व्यापारीले लगानी गर्दै आएको समेत खुलेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!