सहकारीको नाममा हुने लुट रोकिएन : गौतमश्रीका अध्यक्ष रामबहादुरले ७ अर्ब बोकी भारत पसे

- August 1, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । सामान्य व्यक्तीदेखि उच्च बर्गका मानिससम्मलाई सहज र सरल रुपमा रकम राख्न र झिक्नकासाथै विना झन्झट ऋण समेत प्रदान गर्दै आएका सहकारी पछिल्लो समयमा पुनः बचतकर्ताको रकम बोकेर भाग्न थालेका छन् । सुरुका समयमा सहकारीको नाममा विभिन्न लोभ देखाउदै बचतकर्तालाई भ्रममा पारेर करोडौ रुपैयाँ जम्मा भएपछि एकाएक व्यवस्थापक र सञ्चालक भग्नेगरेक थिए ।

हजारौ बचतकर्ताहरुको करोडौ रुपैयाँ अहिले ढुबी रहेको अबस्थामै पुनः सहकारीका सञ्चालकले रकम बोकेर भाग्न थालेका छन् । पछिल्लो समयमा अर्बौैं रुपैयाँ बोकेर काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक भारत पसेका छन् ।

बचतकर्ताको ७ अर्बैं रुपैयाँ बोकेर भारत पसेसंगै उनी सम्र्पक विहिन भए । सहकारीका सञ्चालक तथा अध्यक्ष गौतमले भने आफू फरार नभएको पत्रबाट दावी गरे । उनले आफू विशेष परिस्थितिका कारण भारतको नयाँ दिल्लीमा रहेको बताए । उनले भने,‘मेरो विशेष परिस्थितिको कारण साउन ६ गते घरबाट भारत गएको छु, केही कामको शिलशिलामा छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली पुगेको छु ।

बाटोमा मेरो मोबाइल समेत हराएकोले संस्था र घरमा सम्पर्क गर्न सकिन । भन्दै बचतकर्ता र विभागमा भ्रम समेत छर्न भ्याएका छन् । यता सञ्चालक रामबहादुर गौतम मोटो रकम बोकेर भारत छिरेपछि बचतकर्ताहरु भने ढुबेको रकम फिर्ता गराई दिनु परो भन्दै सहकारी विभागमा आएपछि सो रह¥य बाहिर आएको हो ।

अर्बौं रुपैयाँ बोकेर सञ्चालकहरु संस्थामा तालाबन्दी गरेर फरार भए । यसरी करोडौ रुपैयाँ बोकेर फरार हुने देशभरम धेरै सहकारीहरु रहेका छन् । जसमध्ये अहिले समस्याग्रस्त सहकारी १२ वटा रहेका छन् । यि सहकारी पूर्णरुपमा समस्याग्रस्त घोषणा समेत सरकारले गरि सकेको छ । देशभर ३०० सहकारीविरुद्ध ठगीको मुद्दा परेको छ ।

३ सयभन्दाबढी सहकारी विरुद्ध ठगीको मुद्दा परेको छ । हालसम्म सरकारले १२ सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरेको विभागले जनाएको छ । ओरियन्टल को–अपरेटिभबाहेक ११ सहकारीमा ८ अर्ब ४० करोडरुपैयाँ भन्दा बढी रकम बचत रहेको छ । सुधीर बस्नेतको ओरेन्टल को–अपरेटिभमा मात्रै ६ अर्ब ८६ करोड रुपैयाँ बचत रहेको छ । ओरेन्टललाई नियामक निकाय सहकारी विभागले हेरिरहेको छ ।

बाँकी ११ वटालाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हेरिरहेको गरेका छन् । ११ वटा सहकारीको दायित्व १ अर्ब ९८ करोड रहेकोमा अब १ अर्ब ६५ करोड रुपैयाँ रकम सेयर सदस्यलाई फिर्ता गर्न बाँकी रहेको छ । सहकारीहरु समस्यामा परेसंगै समस्याग्रस्त सहकारी व्यवस्थापनहरुले सहकारीहरुको कागजपत्र, सम्पत्ति लुकाउने समेत गरेका छन् ।

रामबहादुर गौतम अध्यक्ष रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीले गरेको अबैधधन्दा र बचतकर्ताको रकमको लुटलाई उदाङ्गो बनाएकोे छ । नियमनको जिम्मा पाएको विभागलाई नै गौतमश्रीको सेयर सदस्य, पूँजी, साधारणसभा गरे÷नगरेको विषयमा केही पनि जानकारी नभएको जनाएको छ ।

गौतमश्रीले साधारणसभा नै नगरि बसेको आरोप लागेको छ । अहिले मुलुकभर रहेका भनिएका ३० हजारभन्दा बढी सहकारी संस्थामध्ये १ सय २६ वटा सहकारीमात्र सहकारी विभागको नियमनमा रहेको छ । गौतमश्री सहकारीमा वचत गरेका राखेका २५ हजार बचतकर्ताको रकम डुबेको छ । सहकारी ऐन–२०७४ अनुसार सहकारीमा सिधै सर्वसाधारणको निक्षेप लिन पाइँदैन ।

पहिला शेयर सदस्य बन्नुपर्छ, त्यसपछि मात्र निक्षेप संकलन गर्नुपर्छ तर सो सहकारी सञ्चालनले सो ऐन विपरित काम गरेको समेत आरोप पीडितहरुले लगाएका छन् । सहकारीको सञ्चालक, व्यवस्थापक र कर्मचारीको अवस्था के हो ? तत्काल नियन्त्रणमा लिई विभागमा उपस्थित गराउनु भनेर प्रहरी प्रधान कार्यलयलाई पत्राचार गरिसकेको समेत विभागले जनाएको छ ।

सो सहकारीको कारोबार कति थियो भन्ने विवरण प्राप्त भएको छैन । विभागका अर्का एक अधिकारीले भने करिब ७ अर्ब बराबरको दायित्व निक्षेपकर्ताबाट लिएको र करिब ५ अर्ब सम्पत्ति सहकारीको विवरणमा देखिएका प्रारम्भिक सूचना आएको बताए । मुद्दती निक्षेपमा १७ प्रतिशतसम्म ब्याज दिएको रसिदसहित बचतकर्ता विभागमा पुगेका छन् ।

आइतबार सहकारी विभागमा परेको उजुरीमध्ये एउटै परिवारको ७ करोड र एउटै व्यक्तिको २ करोड रुपैयाँ सो सहकारीले हिनामिना गरेको भेटिएको छ । गौतमश्री सहकारीका सञ्चालक गौतम कृषि उद्यमी हुन् । काभ्रेको नमोबुद्ध नगरपालिकामा गाई फार्म सञ्चालन गरेका उनले कृषि सामग्री तथा मेसिनरीको व्यापार समेत गर्ने व्यापारी हुन । उनले कुलेश्वरमा मार्ट तथा गौतमश्री अर्गानिक एण्ड काउ फार्म नामक डेरी उद्योग समेत सञ्चालन गर्दै आएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!