चीनसंगको व्यापार सहजिकरण गर्न राजदूत श्रेष्ठलाई चेम्बरको आग्रह

- July 2, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठलाई नेपाल चीन व्यापार सहजिकरण गरिदिने बारेमा विशेष पहल गर्न आग्रह गरेको छ । चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसंग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजिकरण मार्फत नेपालको निर्यात बढाउने विषयमा छलफल गर्दै दुई देशबीच रहदै आएको समस्या समेत समधान गर्ने कार्यमा विशेष भुमीका खेल्न पनि चेम्बरले आग्रह गरेको छ ।

चेम्बर अध्यक्ष मल्लले नेपालबाट कृषि, हस्तकलाका सामान, मुर्तिजन्य बस्तुहरुको निर्यात प्रवद्र्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्न समेत आग्रह गरेका छन् । ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दुतावासलाइ नेपाल चीन व्यापार सहजीकरणको लागि कृयाशील बनाउनु पर्ने अध्यक्ष मल्लले बताए ।

नेपाल चीन वीच केरुङ भएर हुन व्यापारमा अनावश्यक खर्चहरु आयात कर्ताले व्यहोर्नु परेकोले व्यावसायीक लागत अत्यधिक रुपले वढन गएकोप्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । सीमानाकामा हुने अनावश्यक खर्चलाइ हटाउन र भन्सार तथा परिवहन प्रकृयालाइ सहज गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे ।

चिनियाँ नागरिकहरुको बिश्व भ्रमण गर्ने प्रवृति वढदै गइ रहेको सन्र्दभमा त्यसको फाईदा नेपालले पनि लिन सक्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । नेपालको पूर्वाधार बिकासमा चिनियाँ लगानी भित्राउन पहल गर्न समेत अध्यक्ष मल्लले राजदूत श्रेष्ठलाई आग्रह गरे । नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न प्रबिधि हस्तान्तरणको लागि पहल गर्न समेत अध्यक्ष मल्लले जोड दिनए ।

राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई उच्चस्तरमा पु¥याउन आफुले अधिकतम पहल गर्ने बताए । भन्सारमा व्यापार सहजिकरण गरि नेपालमा उत्पादित बस्तुहरुको निर्यातका लागि पहल गर्ने श्रेष्ठले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!