February 23, 2025, 7:16 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

केपी ओली कपको शुभारम्भ

फाल्गुन ११, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौं,  । केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बल रेफ्रीलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन् । सो अवसरमा खेलकुदमन्त्री तेजुलाल चौधरी, कलाकार हरिवंश आचार्यलगायत उपस्थित थिए ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुनेछन् । फागुन १९ सम्म आयाेजना हुने प्रतियाेगितामा एपीएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी एफसी, न्युरोड टिम, मच्छिन्द्र एफ र एफसी ट्रान्सपोर्ट युनाइटेड सहभागी हुँदैछन् ।

प्रतिक्रिया