February 23, 2025, 7:38 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

११.६६ अंकले बढ्यो नेप्से

फाल्गुन ११, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं,  । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.६६ विन्दुले बढेको छ । नेप्से सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम ११ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
धितोपत्र तथा ऋणपत्र गरी कारोबारमा आएका ३२८ कम्पनीको दुई करोड १२ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, सिइडीबी होल्डिङको सेयर मूल्य ३६ करोड ११ लाख रुपैयाँदेखि ९५ करोड ६४ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, कुमारी सबल योजना, छ्याङदी हाइड्रो पावर, बोटलर नेपाल र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७.०५ प्रतिशतदेखि १० प्रतिशतले सर्किट लागेको छ ।

प्रतिक्रिया