February 23, 2025, 5:46 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार

फाल्गुन ११, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं,  । पूर्व मिस नेपाल इशानी श्रेष्ठको अगुवाइमा सुरु गरिएको फार्मस मार्केटको आइतबार ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले उद्घाटन गरेकी छन् । ललितपुरको झम्सिखेलस्थित मेट्रो मार्केट परिसरमा फार्मस मार्केटको आइतबारबाट सुरुवात भएको छ । मार्केटमा किसानले उत्पादन गरेका अर्गानिक तरकारी तथा फलफुल एवं खाद्य वस्तु उपलब्ध हुने भएको छ ।
उपमेयर मञ्जली शाक्य बज्राचार्यले पनि किसान बचाउन सके मात्रै सबैको स्वास्थ्य राम्रो हुने बताइन् । विभिन्न खाले बिचको मान्छे, तथा अर्गानिक भन्दा अन्य तरकारी बेच्नेहरुले धेरै नाफा गर्दा भने सोझा सिधा किसानहरुमा मारमा परेको बताइन् । अर्गानिक उत्पादन गर्ने र मेहेनत गर्न खोज्नेहरुको साथमा ललितपुर महानगर रहेको समेत जानकारी दिइन् ।

आज सुरुवात भएको फार्मस मार्केट मेट्रो मार्केट परिसरमा रहेको छ । मेट्रो मार्केटमा वस्तु खरिद गर्न आउने र झम्सिखेल बासीलाई यहाँको तरकारी किन्नको लागि निकै फलदायी तथा आरामदायी हुने देखिएको छ । अर्गानिक तयारी खोजी गर्ने जोकोहि समेत उक्त स्थानमा पुग्न सक्नेछन् । आफूलाई पहिलेदेखि नै हामीले खानेकुरा कहाँबाट आइरहेका छ ? ती खानेकुराहरु कति शुद्ध रहेको छ ? ती विषयहरुमा ध्यान दिनुपर्ने जस्तो लागेकाले त्यसलाई नै लिएर व्यापार र सेवाको भावनाले मार्केट सुरु गरिएको इशानीले बताएकी छन् ।

प्रतिक्रिया