रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले अवैध सालको चिरान काठसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको कमाण्डमा खटिएको प्रहरी
गस्ती टोलीले गएराती डेढ बजे चन्द्रपुर नगरपालिका ४ स्थित अबैध काठ सहित दुबैजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानिय वर्ष ३२ का जयकिशोर कुमार र वर्ष ४० को सनिचर धामी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।
उनीहरूको साथबाट ४ वटा साइकलमा लोड गरी लुकाई छिपाई चिडया दहबाट चन्द्रनिगाहपुर तर्फ लैजादैँ गरेको अवस्थामा करिव २१ क्युफिट सालको १३ थान चिरान काठ बरामद गरि कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। चाडँपर्वको समयमा बन कर्मचारीले गस्ती कम गरेपछी रौतहटमा तस्कर समूहले अबैध रुपमा काठ कटानी तथा ढुवानी तिब्र गतिमा गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । -सञ्जय मिश्रा
प्रतिक्रिया