February 23, 2025, 6:53 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

अमेरिकी सरकारी कर्मचारीलाई मस्कको पत्र- मागे गत साता गरेको कामको विवरण

फाल्गुन ११, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कर्मचारीतन्त्र पुनर्संरचनाको अभियान चलाएका छन् ।
जनवरी २० मा कार्यभार सम्हालेपछि उनले कैयौं अनावश्यक र खर्चिला मन्त्रालय र कार्यालय बन्द गरेका छन् भने विदेशी सहयोगलाई पूर्ण रुपमा रोक लगाएका छन् । ट्रम्पले आफ्ना सहयोगी एलन मस्कलाई सरकार दक्षता विभाग (डोज) को प्रमुख बनाएर खर्च कटौतीको अभियाननै चलाएका छन् ।
यसैक्रममा अमेरिकी सरकारी कर्मचारीहरूले शनिबार दिउँसो एउटा इमेल प्राप्त गरेका छन् । त्यसमा गत हप्तामा गरेका कामहरुको सूची बनाएर पठाउन अनुरोध गरिएको छ । साथै यसो नगर्ने कर्मचारीले राजीनामा दिन इमेलमार्फत भनिएको छ ।
मस्कले केहि दिनअघि नै एक पोस्ट गर्दै भनेका थिए- ‘कर्मचारीहरूले चाँडै नै एउटा इमेल प्राप्त गर्नेछन्, जसको उद्देश्य गत हप्तामा उनीहरूले कुन-कुन कामहरू पूरा गरेका छन् भनेर जान्न हो ।’ साथै उनले लेखेका थिए- ‘यदि तपाईंले यो इमेलको जवाफ दिन असफल हुनुभयो भने, यसलाई तपाईंको राजीनामा मानिनेछ ।’
मस्कले नेतृत्व गरेको सरकारी दक्षता विभागको उद्देश्य अमेरिकी सरकारको खर्च घटाउनु हो ।

प्रतिक्रिया