February 23, 2025, 6:55 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

नेपाल प्रहरीका कुरा : शक्तिशाली पिएसओका कारण इन्स्पेक्टर बढुवा अन्योलमा !

फाल्गुन ६, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाल प्रहरी तर्फ रिक्त ५० इन्स्पेक्टर पद बढुवा सिफारिस अन्योलमा परेको समाचार प्राप्त भएको छ ।

अति ‘विशिष्ट’, ‘विशिष्ट’ व्यक्ति अर्थात भीभीआईपी र भीआईपीको सुरक्षार्थ खटिएका वरिष्ठ सई कारण अन्योलमा परेको हो ।

रिक्त ५० इन्स्पेक्टरका लागि पछिल्लो ब्याजीले शक्ति केन्द्रबाट दबाव बढाएपछि  सिफारिसनै अन्योलमा परेको स्रोतले जनाएको छ ।

मुख्यत: प्रधानमन्त्रीदेखि मन्त्रीहरुसंग रहेका शक्तिकेन्द्रका अंगरक्षक अर्थात पिएसओहरुले आफुहरु जसरी पनि बढुवा सिफारिसमा पर्नु पर्ने भन्दै आइजीपी बसन्त बहादुर कुँवरलाई दबाब बढाएपछि  इन्स्पेक्टर बढुवा सिफारिस अन्योलमा परेको हो।

प्रधानमन्त्री केपी ओलीको सुरक्षामा खटिएका वरिष्ठ सई विजय श्रेष्ठ, उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलका पिएसओ राम बहादुर अधिकारी,परराष्ट्रमन्त्री आरजु राणा देउवाको सुरक्षामा खटिकी पिएसओ रस्मी सिलवाल,गृहमन्त्री रमेश लेखकका पिएसओ रमेश पाण्डे, अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुखका प्रेम राईका पिएसओ सनम राई, प्रमुख राईका भतिजो बिजय राई लगायतले आफुहरु कुनै पनि हालतमा छुट्न नहुने भन्दै दबाब बढाएकाले सिफारिसनै  अलमलमा परेको छ ।

समयमै बढुवा गर्ने मनसायमा रहेका आइजीपी कुँवरले वरिष्ठ सईबाट रिक्त इन्स्पेक्टरको सिफारिस तैयारीनै ओझेलमा परेको चर्चा प्रहरी प्रधानमा चुलिएको छ ।

२०५८ मा भर्ना भएका १०० को हाराहारीमा रहेका वरिष्ठ सईबाट ५० इन्स्पेक्टरका लागि बढुवा सिफारिसको तैयारी गरिरहेका बेला २०६० मा भर्ना भएका असई अर्थात पछिल्लो ब्याचीले अब हुने बढुवा सुचीमा आफुहरु पर्नु पर्ने भन्दै निरन्तर दबाब दिदै आइरहेका छन् ।

२०५८ मा भर्ना भएको ब्याचीलाई संगठनमा द्वन्दकालमा लडेका र दुःखको समयमा खटेको ब्याचीका रुपमा समेत लिईन्छ । ५८ को यो ब्याचीलाई पन्छाएर बढुवा गर्दा ठुलो अन्याय हुने भन्दै आइजीपी कुँवरले आफ्नो अडान कायमै राख्दै आएका छन् ।

शक्तिकेन्द्रको आडमा बढुवाका लागि पटक पटक दबाब दिने वरिष्ठ सईहरुको सुची समेत तैयार भईरहेको छ ।

शक्तिकेन्द्रको दबाबमा पिएसओ जाने अनि  बढुवा र आकर्षक स्थानका लागि अनावश्यक दबाब दिने क्रम बढे पछि आइजीपी कुँवरसहित आइजीपी सचिवालय सशंकित बनेको छ ।

प्रतिक्रिया