February 24, 2025, 1:17 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

कांग्रेस महामन्त्री गगन थापाले महाकुम्भमा स्नान

फाल्गुन ५, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको प्रयागराजस्थित महाकुम्भमा स्नान गरेका छन् । पत्नी अञ्जना केसीसहित प्रयागराज पुगेका थापाले सोमबार गंगा स्नान गरेका हुन् ।
थापा कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीको परिवारका साथ महाकुम्भ मेला गएका हुन् । यतिबेला कांग्रेससहित विभिन्न दलका सांसदहरू प्रयागराज पुगेका छन् । जसकारण संघीय संसदमा पेस हुने भनिएका विभिन्न अध्यादेश तत्कालका लागि स्थगित गरिएको छ ।
भारतको उत्तर प्रदेशस्थित तत्कालीन इलाहाबाद हाल प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाले यतिबेला भारतको धार्मिक पर्यटनमा धूम मचाइरहेको छ।१४४ वर्षमा लागेको महाकुम्भमा महास्नानका लागि दैनिक लाखौंको संख्यामा तीर्थालुहरू पुगिरहेका छन्। साधुसन्त, तपस्वीहरूको उपस्थिति बाक्लो छ। माघी पूर्णिमाको अवसरमा एकैदिन दुई करोडभन्दा धेरै श्रद्धालुले महास्नान गरेको उल्लेख गरिएको छ। ४५ दिनसङ्गम चल्ने महाकुम्भमा ५० करोड तीर्थालु उपस्थित हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया