तीन महिना पहिले कांग्रेस-एमाले बीच गत कार्तिक १५ मा सरकारका कामलाई प्रभावकारी बनाउने भन्दै दुई दलीय संयन्त्र गठन गरियो । अहिले यस्तो संयन्त्र प्रदेश, जिल्ला र नगर तहमा पनि बनाउने तयारी कांग्रेस र एमालेले गरेका छन् ।
जसलाई लिएर सत्ता भित्रै तीव्र असन्तुष्टि बढेको देखिन्छ भने पञ्चायत कालमा जन्मिएको भूमिगत गिरोह जस्तै दुई दलीय संयन्त्र भएको र यसले कुनै राम्रो लक्ष्मण नदिने टिका(टिप्पणी शुरू भएको छ । बरू यस्तो संयन्त्रले सरकारका काम कारवाही माथि हस्तक्षेप गर्ने, आफ्नो स्वार्थ अनुरूप सरकारलाई चलाउन खोज्ने स्थितिले गञ्जागोल उत्पन्न हुने जानकारहरू बताउँछन् ।
सरकारसँग आफ्नै ढङ्गले काम गर्न विधि र पद्दती हुँदा हुँदै किन छायाँ सरकार जस्तो संयन्त्र भनेर आलोचना शुरु भएको छ । केन्द्रमा बनेको संयन्त्रले सरकारले ल्याएको ६ वटा अध्यादेशको खाका तयार गरेको, चीन भ्रमणको एजेण्टा बनाएको लगायत सरकारको दैनिकी काम कारवाहीमा निरन्तर नजर लगाउँदै आएको बताईन्छ ।
कोशी प्रदेशमा कांग्रेस(एमालेले बनाएको संयन्त्र नामको शेरधन राई संयन्त्र रहेको छायाँ सरकारले ठाड(ठाडै सरकारको काम कारवाहीमा हस्तक्षेप गर्न थाले पछि मुख्य मन्त्री हिक्मत कार्की विच्कीएका छन् । केन्द्रदेखि जुन(जुन प्रदेशमा कांग्रेस र एमाले बीच सरकार गठन भएको छ दुई दलीय संयन्त्रले सरकारका दैनिकीमा पनि निरन्तर हस्तक्षेप गर्दै लगेको जानकारहरु भन्छन्।
सरकारका नीति निर्माणदेखि बजेट बनाउनेसम्ममा संयन्त्रको नाममा छायाँ सरकारको बढ्दो हस्तक्षेपले सरकारमा बस्नेहरु आत्तिन थालेको देखिन्छ जानकारहरु भन्छन् ।
केन्द्रमा सरकारको काम कारवाहीलाई सहजीकरण गर्न भन्दै गठन गरिएको संयन्त्र के कारण प्रधानमन्त्री केपी ओली सत्तामा सक्रिय हुन नसकेको मानिदैछ ? संयन्त्रको दबाबले सत्ता सञ्चालनमा मनोवैज्ञानिक असर पर्दा प्रधानमन्त्री ओली प्रभावकारी रुपमा सक्रिय हुन छाडेको स्रोत बताउँछ ।
पञ्चायत कालमा सूर्यबहादुर थापाले भने भै सक्रिय पारिएको भूमिगत गिरोहका कारण जसरी सिष्टम असफल भयो कतै संयत्रको नाममा बनाईएको दुई दलीय संयन्त्रले चार दशक पहिलेको पुनरावृत्ति नदोहोरियोस् राजनीतिक विश्लेषकहरु बताउँछन् चर्चामा उल्लेख छ।
प्रतिक्रिया